गान्तोक: उत्तर जिल्लाको मिल्क यूनियनको बोर्ड सभा हिजो मंगनस्थित एनडीएमयूको प्रेक्षागृहमा सम्पन्न भयो। यस अवसरमा बोर्डका सम्पूर्ण सदस्यहरूले उपस्थिति जनाएका थिए। उक्त सभा आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य बोर्डको आर्थिक, सामाजिक, मानव संसाधनको स्थिति लगायत अन्यबारेमा छलफल गर्नु रहेको थियो।
सभालाई सम्बोधन गर्दै विभागका सचिव डा. पी. सेन्थिल कुमारले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको दुग्ध उत्पादन प्रति रहेको सकारात्मक दृष्टिकोणको बारेमा जानकारी गराए। दुग्ध उत्पादनलाई उत्तर जिल्लाको विभिन्न गाउँसम्म पुऱ्याउन मुख्यमन्त्रीको पहलबारे पनि उनले अवगत गराए। मङ्गन जिल्ला दुग्ध विकासलाई एकीकरण र सुदृढीकरणका लागि दुग्ध संघ र सरकारका कार्यहरूका लागि विभिन्न उपायहरू छलफल गरियो।
सबै सहभागीहरुले जिल्लामा दुग्ध व्यवसायले भोग्नुपरेका चुनौतिहरुलाई सम्बोधन गरी सुधारका लागि हरेक तहमा हस्तक्षेप गरी विभिन्न उपायहरुबारे सुझाउ दिए।








