आरिथाङ निर्वाचन क्षेत्रमा एसडीएफ-को क्षेत्रस्तरीय पार्टी कार्यालयको उद्घाटन

Untitled-1-copy-6

गान्तोक- आज आरिथाङ निर्वाचन क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को क्षेत्रस्तरीय पार्टी कार्यालय उद्घाटन गरियो। आरिथाङ क्षेत्रका क्षेत्रस्तरीय सल्लाहकार लाक्पा शेर्पाको लालबजारस्थित आवासमा एसडीएफ पार्टीको क्षेत्रस्तरीय कार्यालय पार्टीका वरिष्ठ उपाध्यक्ष (सङ्गठन) एवं गान्तोक, तादोङ र आरिथाङ क्षेत्रका प्रभारी ओटी भोटियाको बाहुलीद्वारा उद्घाटन गरियो ।

आरिथाङ क्षेत्रस्तरीय पार्टी कार्यालय उद्घाटनपश्चात उद्घाटन समारोह अध्यक्ष ओटी भोटियाले यस क्षेत्रका जनतालाई बधाई ‘टकाए। उनले पार्टी कार्यालय सञ्चालन गर्नका निम्ति स्थान प्रदान गरी पार्टीलाई ठूलो योगदान पुऱ्याएको बताउँदै लाक्पा शेर्पालाई पार्टी अध्यक्ष तथा एसडीएफ परिवारको तर्फबाट आभार व्यक्त गरे। आफ्नो अध्यक्षीय छोटो सम्बोधनमा उनले आज उद्घाटन भएको पार्टी कार्यालयबाट स्थानीय जनताका हक र हितकार्यमा जिवन्त रूपमा सञ्चालन गर्नु पर्ने विचार व्यक्त गरे। उनले राजनीति समय सान्दर्भिक र आवश्यकताअनुरूप गर्नु पर्ने बताउँदै एसडीएफ पार्टीमात्र सिक्किम र सिक्किमेली जनताका सुरक्षा गर्ने समयसापेक्षित पार्टी रहेको बताए। भोटियाले अहिलेको एसकेएम सरकार वित्तीय र प्रशासनिक मामिलामा अनुशासनहिन रहेको आरोप लगाउँदै आर्थिक रूपले राज्य अहिले डवाडोल रहेको, जनताको अवस्था कमजोर र सोचनीय बनेको, जनताका प्रजातान्त्रिक हक र अधिकारहरू खोसिएको दाबी गरे। देशको संविधानले प्रदान गरेको राज्यका विशेष कानूनी प्रावधानहरू अहिलेको सरकारले खतरामा पारेको पनि ‘उनले आरोप लगाए। यसका साथै उनले एसकेएम पार्टीका मन्त्री र नेताहरू मान्छेको भीड थुपार्ने काममा मात्र व्यस्त रहेको बताउँदै एसकेएम सरकारबाट जनता र सिक्किमको भलो नहुने बताए। उद्घाटन समारोहमा पार्टीका वरिष्ठ नेता नेतृगण, स्थानीय जनता तथा सक्रिय सहयोद्धाहरूको उपस्थित रहेको प्रचार प्रसार महासचिव विष्णु दुलालले प्रेस विज्ञप्तिमा दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement