भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गोरूबथान महकुमा समितिको कर्मी सभा समपन्न

IMG-20221220-WA0232.jpg

गोरूबथान: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गोरूबथान महकुमा समितिको तत्वधानमा कर्मी सभाको आयोजना गरिएको छ।गोरूबथान, सोमबारे बजारमा स्थित पार्टी कार्यलयमा गोरूबथान महकुमा अन्तर्गत महकुमा समिति पदाधिकारी (जोन-१ र २), ४४अनि ४५ न. समष्टि समिति, युवा शक्ति, नारी शक्ति अनि ट्रेड युनीयन कालिम्पोंग जिल्ला समितिका पदाधिकारीवर्ग लिएर सभा सम्पन्न भएको थियो भने सभालाई संचालन रतन थापा (सभापति, गोरूबथान महुकमा समिति एवं गोरूबथान खण्ड पंचायत चुनाव संयोजक) ले गरेका थिए। सभाको दिवसीय सभापतिको आशनमा दिपेन शेर्पा (उप-सभापति, कालिम्पोंग जिल्ला समिति, भागोप्रमो)उपस्थित थिए।४५ न.समष्टि सभासद एवं चुनाव समिति कोडीनेटर नामगेल लामाको स्वागत वक्तब्यबाट शुरू गरेको सभामा समष्टि अन्तर्गत संगठनको गतिविधिबारे विवरण दिने क्रममा ४३ न.समष्टि, जोन-१ बाट मूल सचिव काशीराम प्रधान, जोन-२ बाट सभापति पेमा योञ्जन, ४४ न.समष्टिबाट एच.एम.छेत्री (सभासद, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन एवं पंचायत चुनाव संयोजक) अनि ४५ न.समष्टिबाट तुलसी खवास आदि थिए।सभाको विषय वस्तु र आगामी दिनहरूमा संगठनको जन अनि क्षेत्र हितार्थ रणनीतिबारे जानकारी गर्दै कालिम्पोंग जिल्ला समितिबाट सेन्डुप लामा अनि जिल्ला समिति महासचिव विनय घिसिंगले सभालाई सम्बोधन गरे।

सभाको विषय वस्तुमा गम्भीर चर्चा परिचर्चा पश्चयात जिल्ला समिति उप-सभापति एवं दिवसीय सभापति दिपेन शेर्पाले सभामा उठेका विषयहरूमा संगठनको टेकबारे जानकारी गराउदै गोरूबथान महकुमा समिति नवनियुक्ति मूलसचिव लिला कुमार गुरूंगलाई शुभकामना ब्यक्त गर्दै सभा बर्खास्त गरे।यस सभामा तिनैवटा समष्टिबाट समष्टि समिति, समष्टि स्तरीय नारी शक्ति, युवा शक्तिका पदाधिकारी साथै जिल्ला समिति सदस्य, केन्द्रिय समिति सदस्य उपस्थीत थिए भने कालिम्पोंग जिल्ला समिति ट्रेड युनियनको पनि उपस्थीति रहेको थियो भनि गोरूबथान महकुमा समिति, प्रचार प्रसार प्रभारी ताब्रस हैदर अलीले प्रेस विज्ञप्ति जारी गरेका छन्।

About Author

Advertisement