८औँ कालेबुङ रत्न पुरस्कार टंकबहादुर सुब्बालाई अनि एक्सिलेन्स इन् जर्नलिज्म पुरस्कार पत्रकार सञ्जय प्रधानलाई प्रदान

IMG_20221220_222336.jpg

कालेबुङ: कालेबुङ प्रेस क्लबद्वारा प्रदान गरिने कालेबुङ रत्न पुरस्कार यसपाली सिक्किम विश्वविद्यालयका पूर्व उप कुलपति टीबी सुब्बालाई प्रदान गरिएको छ। त्यसरी नै एक्सिलेन्सी इन् जर्नलिज्ममा खरसाङका वरिष्ठ पत्रकार सञ्जय प्रधानलाई प्रदान गरिएको छ। कालेबुङ प्रेस क्लबद्वारा आयोजित उक्त पुरस्कार अलङ्करण समारोहमा मुख्य अतिथिको रूपमा दागोपापकालको मुख्य सचिव आईएएस डी. टी. तामलोङ उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा कालेबुङ जिल्ला पुलिसको अतिरिक्त पुलिस अधीक्षक आईपीएस सुभान्विता, डीएसपी सरिता परियार, कालेबुङ नगरपालिकाको चेयरम्यान रबि प्रधान, सभासद हेमन्त थुलुङ, जनसम्पर्क अधिकारी अनुप छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।

पूर्व कालेबुङ रत्न पुरस्कार प्रापकहरु क्रमैले सगरमाथा आरोही मनोज दाहाल, हकी गोलकिपर भरत छेत्री एव बागवानी विशेषज्ञ डा. मिकथुक एस फनिङ। दोस्रो कारपू प्रापक – कलाकार ललित गोले, तेस्रो कारपू प्रापक – समाज सेवक सुदेस प्रधान; चौथो कारपू प्रापक – उद्यमी बबिता धमाला, पाचौ कारपू प्रापक – म्याराथन धाविका रोशनी राई, छैटौ कारपू प्रापक – वैज्ञानिक सुनिल कौल अनि सातौ कारपू प्रापक थिए। उद्योग धन्दा र व्यवस्थापनमा लागेका लक्ष्मी लिम्बु कौशल। आठौं कालेबुङ रत्न पुरस्कार प्रापक कालेबुङकै छोरो जो एक नाम चलेका लेखक अनि विद्वान मानिन्छन् उनलाई प्रदान गरिएको छ। उनी हुन कालेबुङको तनेक बस्तीका प्रोफेसर टी. बी. (टंकबहादुर) सुब्बा जो सिक्किम विश्वविद्यालयको उपकुलपति पनि रहेका थिए। उनले कालेबुङको एक ग्रामीण क्षेत्रमा जन्म लिएर पनि शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्। उनले लेखेका १४ राष्ट्रिय, ४ अन्तर्राष्ट्रिय पुस्तक प्रकाशित भएकोछ भने असंख्य शोध पत्र, अन्तर्राष्ट्रिय शोधका विशलेषण गरेका, जोर्नलहरुका सम्पादन, पुस्तक निरुपण, राष्ट्रिय औ अन्तर्राष्ट्रिय सेमिनारमा वक्ता रहेका हुन्।

उसरी नै पत्रकारिताद्वारा सामाजिक चेतना जगाउदै सफल एवं फलप्रद पत्रकारिता गर्ने पूर्विय हिमाली भेकका होनहार पत्रकार जसलाई यस वर्षको एक्सिलेन्सी इन् जर्नलिज्ममा प्रदान गरिएको छ। उनी हुन खरसाङ निवासी पत्रकार संजय प्रधान। उनले ३१ वर्षदेखि पत्रकारिता गर्दै वर्तमानमा मासिक पत्रिका, अनलाइन दैनिक पोर्टल, युट्युब र् फेसबुक पेज समाचार डीजीटल मिडिया सम्पादनमा संलग्न छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement