सल्लेबुङ निम्न माध्यामिक विद्यालयको आज वार्षिक उत्सवको समापन

Untitled-1-copy-4

नाम्ची नाम्ची जिल्लाअन्तर्गत सल्लेबुङ निम्न माध्यामिक विद्यालयको आज वार्षिक उत्सवको समापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा डीएफओ टीबी सुब्बा मुख्य अतिथि रहेका थिए । कार्यक्रममा सम्बोधन गर्ने क्रममा डीएफओ टीबी सुब्बाले उत्प्रेणात्मक कुरा राख्दै युवाहरूले आफ्नो गाउँलाई संसारमा चिनाउने काम गर्नुपर्ने बताए। यस क्रममा स्कूलका प्रधान अध्यापक डीके छेत्रीले उत्सव आयोजना गर्नुको मुख्य उद्देश्य खेलप्रति आकर्षित गरेर समाजमा राम्रा कुराहरू ल्याउनु रहेको उल्लेख गरे

कार्यक्रममा भवन एवं आवास विभागका अध्यक्ष टाँसीदोर्जे तामाङ, डा. लक्ष्मुन गज्मेर, आशा कर्मी मनमाया सुब्बा, राष्ट्रियस्तरीय क्रिकेट खेलाडी पुश्पा तामाङ आदिलाई अभिनन्दन गरिएको थियो। कार्यक्रममा ग्रामीण खेलकुदको साथमा साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको अण्डर १४ फुटसल प्रतियोगिताको फाइनल खेलमा बराबरीमा खेल समाप्त भएपछि टाइब्रेकरमा भञ्ज्याङ एफसीले सदाम एफसीलाई पराजित गर्यो भने खुल्ला फुटसल प्रतियोगिताको फाइनल खेलमा शुन्यको विरूद्ध एक गोल लगाएर रोङकप फाइभले दोङ एफसीलाई पराजित गन्यो। कार्यक्रममा सामाजिक कल्याण अधिकारी केण्डिट लेप्चा, स्थानीय पञ्चायतगण आदिको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement