‘विद्यार्थीहरूलाई संस्कारित, गुणवत्तापूर्ण र रोजगार उन्मुख शिक्षा प्रदान गर्नु सबै शिक्षण संस्थानहरूको दायित्व हो –राज्यपाल

Untitled-1-copy-3

गान्तोक- आज लेफ्टिनेन्ट जेनरल डा. ऐके मिश्रा, ऐवीएसएम (सेवानिवृत्त) रजिस्ट्रार, एसपीयू प्रो. रमेश कुमार रावत र उप निदेशक बीओएसएसई एसटी भट्टराईसँग सिक्किमका राज्यपाल गंगा प्रसादले राजभवनमा शिष्टाचार भेट गरे । भेट अवधि राज्यपाललाई खादा, बुके र स्मृति चिन्ह प्रदान गरेर अभिनन्दन गरियो राज्यपाल प्रसादले नयाँ शिक्षा नीति २०२० को उल्लेख गर्दै भने, ‘विद्यार्थीहरूलाई संस्कारित, गुणवत्तापूर्ण र रोजगार उन्मुख शिक्षा प्रदान गर्नु सबै शिक्षण संस्थानहरूको दायित्व हो ताकि उनीहरूले राज्य तथा देशको भविष्यको निर्माण गर्नुका साथै समाजमा सकारात्मक सहभागिता निर्वाह गर्दै आफ्ना अभिभावकहरूको नाम देशमा उज्जवल बनाउन सकुन्।

राज्यपालले कफी टेबल बुक र गायत्री मन्त्र लिखित थाङ्का भेट स्वरूप प्रदान गर्दै यसको उच्चारण नियमित रूपमा पालन गर्न आह्वान पनि गरे। राज्यपालले विभिन्न मञ्चको माध्यमद्वारा राज्य, देश तथा संसारका सबै मानिसहरूलाई गायत्री मंत्रको प्रतिदिन नियमित रूपमा उच्चारण गर्ने प्रेरणा लामो समयदेखि दिँदै आइरहेका छन्।

About Author

Advertisement