सोनादा: अन्तत: राजाहट्टा बस्ती वासीहरुको दीर्घकालीन प्रतिक्षारत गाउँको मूल सडक निर्माणको माग पूरा हुने प्रायः तय भयो। जीटीए कार्यकारी सभासद तथा सोनादा-पचेङ समष्टिका सभासद अनोश थापाको पहलमा आजदेखि अप्पर सोनादा अन्तर्गत राजाहट्टा बस्तीमा सडक खनन आरम्भ गरियो। सोनादा-पचेङ समष्टिका अध्यक्ष सोनाम लामा, महासचिव सुकदेव राई अनि कोषाध्यक्ष मनकुस राईको उपस्थितबीच गाउँकै वयोवृद्धद्वय पदम बहादुर राई अनि दलबहादुर छेत्रीको बाहुलीद्वारा हिन्दु रितीविधिअनुसार भूमि पूजा गरेर समष्टि अध्यक्ष सोनाम लामाको बाहुलीद्वारा नरिवल फुटाएर जेसीबी लगाइयो। यस अवसरमा समष्टिको पक्षबाट अध्यक्ष सोनाम लामा अनि गाउँवासीको पक्षबाट पदमबहादुर राईले क्षेत्रीय सभासद अनोश थापा अनि जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति कृतज्ञता प्रकट गरे।







