गान्तोक: राज्यको वाणिज्य एवम उद्योग विभागको पहलमा प्रधानमन्त्री माइक्रो फुड प्रोसेसिङ इन्टरप्राजेसमाथि सचेतना कार्यक्रम आयोजना गरियो। पाटुकको भीएसी बलमा आयोजित ग्राम पञ्चायत यूनिटस्तरीय सचेतना कार्यक्रममा गान्तोक जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले अंशग्रहण गरेका थिए। यस कार्यक्रममा कूल एक सय जनाले सहभागिता जनाएको आयोजक समितिले जानकारी गराएको छ। यस कार्यक्रमको मुख्य लक्ष्य उक्त योजना अन्तर्गत स्थानीयहरूलाई प्रत्येक्षरूपमा लाभ पुऱ्याउनु रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष बलाराम अधिकारीले यस योजनाको स्थानीयहरूले लाभ उठाउनु पर्ने आग्रह गरे। उनले यस योजना अन्तर्गत बेरोजगार युवाहरू आत्मनिर्भर बन्न सक्ने भएकोले जतिसक्दो यस योजना कार्यन्वयनमा सबैले सहयोग पुऱ्याउनु पर्ने अपील गरे। जिल्ला अध्यक्ष अधिकारीले आफ्नो तर्फबाट आवश्यक व्यक्तिहरूलाई उदयामी बनाउनमा सहयोग पुऱ्याउने आश्वासन पनि दिए। उनले यस योजनाको महत्वबारे पनि विस्तृतरूपमा प्रकाश पारे। सोही प्रकारले वागवाणी विभागका अधिकारी डिडुप भोटियाले विभागद्वारा शुरू गरिएको विभिन्न प्रकारको योजनाबारे जानकारी गराए। उनले अन्नबालीमा लाग्ने रोग र यसको रोकथामबारे पनि कार्यक्रममा अवगत गराए।









