भाजपा दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष सावन राईको निधन

IMG-20221219-WA0396.jpg

दार्जिलिङ: भाजपा दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष, मेरिबुङ चियाबारी निवासी सावन राईको सिलगढीको एक नर्सिङ होममा उपचाराधिन अवस्थामा निधन भएको छ। भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कार्यालयद्वारा प्रेस विज्ञप्ति जारी गर्दै दार्जीलिङ पहाडको राजनीतिमा धेरै वर्ष सेवा पुरयाएका, मजदुर, शिक्षकहरुका हितैषी, जाति मुक्तिको लागि सचेत र जुझारु नेता, जातिको सर्वाङ्गीण उन्नतिको निम्ति अलग राज्यको गठन उनको सपना नै थियो भनी बताइएको छ। मृदुभाषी, मिलनसार, अध्ययनशील अनि पारदर्शी विचारहरूको धनी उनी हाम्रो अभिभावक थिए भनी प्रेस विज्ञप्तिमा उल्लेख गर्दै उनी केही महिना अघिदेखि अस्वस्थ रहेको जानकारी गराइएको छ। उनको निधनले भाजपा दार्जिलिङ जिल्ला परिवारको मात्र नभएर समग्र गोर्खाहरूको निम्ति नै एक अपूरणीय क्षति भएको महसुस गरिएको जनाइएको छ। यस दुःखद घडीमा ईश्वरले उनको परिवारलाई सहने शक्ति प्रदान गरून् अनि दिवङ्गत आत्मालाई सरण दिउन् भनी हामी सबै प्रार्थना गर्दछौँ तथा यस दुःखद घडीमा हामी शोकाकुल परिवार सँग उभिएका छौँ भनी विज्ञप्तिमा उल्लेख गरेका छन्।
दिवंगत सावन राईलाई भाजपा दार्जिलिङ जिल्ला परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ भनी बताइएको छ।

About Author

Advertisement