सिलगढी: `सालबारी, सिलगढीबाट संचालित ग्रीन तारा फाउण्डेशनको तत्वावधानमा गत ११ दिसम्बरदेखि १४ दिसम्बरसम्म उत्तर प्रदेशको संकिसामा चार दिवसीय बज्रगुरू ङुडुप मोन्लम सम्पन्न भएको जानकारी फाउण्डेशनको पक्षमा पासाङ भोटियाले दिएका छन्। बौद्ध धर्मावलम्बीहरूका निम्ति यो तीर्थ एवं पूज फाउण्डेशनले यसपल्ट भगवान बुद्धले आफ्नो आमालाई देवलोकमा ३ महिनासम्म ज्ञान प्रदान गरि फेरी पृथ्वी लोकमा अवतरण गरेका पवित्र धर्मस्थल उत्तर प्रदेशको संकिसामा आयोजन गरेको थियोl फाउण्डेशनद्वारा आयोजोत यो छैटौं बज्रगुरू ङुडुप मोन्लम हो। यस तीर्थमा दार्जीलिङ, कालेबुङ, डुवर्स, सिक्किमलगायत नेपालबाट तीन सय उपासक-उपासिकाहरूले भाग लिएका थिए। वाईबीएसका राष्ट्रिय अध्यक्ष सुरेश बौद्धको विशेष उपस्थितिमा ख्येनपो छोइंग राङढोललगायत विशिष्ट लामागणलाई वाईबीएसद्वारा अशोक गज स्तम्भ प्रतीक समृति चिन्ह भेंटस्वरूप प्रदान गरियो। तीर्थको समापन कार्यक्रममा पासाङ भोटियाद्वारा भगवान बुद्धको सन्देशलाई सर्व जन हिताय हेतु सर्व साधारणसम्म पुर्याउन एवं धर्मको उत्थानमा वाईबीएसको महत्वपूर्ण योगदान रहेको बताएl वाईबीएसका राष्ट्रिय अध्यक्ष सुरेश बौद्धलाई सम्मान जनाइयो भने बज्रगुरू ङुडुप मोन्लमलाई कार्यक्रमभरी अथक परिश्रमको निम्ति धन्यवाद ज्ञापन गरियो। वाईबीएसको पक्षमा सुरेश बौद्धले उत्तरपूर्वी राज्यहरूबाट संकिसामा पूजा आयोजन गरी यस पवित्र ठाउँको बारेमा देश भरी नै जागरूक बनाइने कार्य भएको साथै बौद्धमार्गीहरूलाई धर्मको मार्गमा दिशा निर्देश गराएबापत खेन्पो छोइंग राङढोल एवं ग्रीन तारा फाउण्डेशनका संस्थापक पासाङ भोटियालाई धन्यवाद जनाइयो भने पेदोङ महायाना बौद्ध साधना संघलाई भगवान बूद्धको मूर्ति भेंट गरिएको बताइएको छ।









