खरसाङ: नवदीप युउथ् क्लब सिविटारको तर्फबाट संजोग कुमार प्रधानलाई सम्बर्ध्दना जनाइएको छ। खरसाङको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारी निवासी शंकर प्रधान र श्रीमति रोमा प्रधानको जेठो सुपुत्र संजोग कुमार प्रधानले सिक्किम विश्वविद्यालयबाट मास्टर इन् कम्प्युटर एप्लिकेशनमा गोल्ड मेडल अनि सिताराम जिण्डल गोल्ड मेडल पनि गरी जम्मा दुईवटा गोल्ड मेडल प्राप्त गर्न सफल भएकोमा हामी नवदीप युथ क्लब सिविटारद्वारा सम्बर्ध्दना गरेका छन्। संयोग प्रधानलाई उक्त सम्बर्ध्दना सिविटार चियाबारीको तितिरी खेल मैदानमा सम्पन्न नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट प्रदान गरिएको छ। नवदीप युउथ् क्लब सिविटारको उप सभापति विवेक राई र सचिव मौसम नेवारको पक्षमा लेखिएको सम्बर्ध्दना पत्र सभासद नवराज छेत्रीको बाहुलीबाट संयोग प्रधानलाई उनको पिता शंकर प्रधानको उपस्थितिमा प्रदान गरी सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा उनलाई खदार्पणसहित नेपाली टोपी पहिराएर साथै शल ओढ़ाएर सम्बर्ध्दना जनाइएको छ। असीम प्रधानले सञ्चालन गरेको उक्त कार्यक्रममा नवदीप युउथ् क्लबको पदाधिकारीहरू लगायत अतिथिहरू उपस्थित रहेका थिए।











