मेस्सी र तेन्दुलकरबीच गजबको सम्बन्ध

00-Sachin-Messi

भारतमा क्रिकेट सर्वाधिक लोकप्रिय खेल हो। भारतमा यो खेललाई सचिन तेन्दुलकर भगवान नै भनिन्छ। फुटबलमा लियोनल मेस्सीको उस्तै दर्जा छ। भारतसहित विश्वभर उनका फ्यान छन्। अब सबै फ्यानहरुको प्रार्थनाले सार्थकता पाएका छन्। लियोनल मेस्सीले पहिलो पटक विश्वकप जितेका छन्। गएराति फ्रान्सको गौरव चकनाचुर भयो। अर्जेन्टिनाको यो जितमा मेस्सीको वर्चस्व थियो। मेस्सीको यो जितमा सचिन तेन्दुलकरलाई पनि गर्व लागेको छ। यी दुई खेलाडीबीच गजबको सम्बन्ध छ।

सचिन र मेस्सी दुवैले एउटै नम्बरको जर्सी लगाएका छन्। नम्बर १० दुवै महान खेलाडीको दोस्रो पहिचान हो। आठ वर्षअघि विश्वकपको फाइनलमा जर्मनीसँग मेस्सी हारे भने सन् २००३ मा अष्ट्रेलियाले फाइनलमा पराजित गर्दा सचिनको सपना पनि चकनाचुर भयो। तेन्दुलकरले सन् २०११ को विश्वकप सेमिफाइनलमा पाकिस्तानविरुद्धको खेलमा प्लेयर अफ द म्याच जिते, मेस्सीले १३ दिसम्बर २०२२ मा क्रोएसियाविरुद्ध अर्जेन्टिनाको सेमिफाइनलमा प्लेयर अफ द म्याचको पुरस्कार जिते। तेन्दुलकरले अन्ततः आफ्नो करियरको पहिलो विश्वकप २०११ मा जितेका थिए। मेस्सीले यसपटक आफ्नो सबैभन्दा ठूलो इच्छा पूरा गरे। सामाजिक सञ्जालमा दुवै खेलाडीको तुलना भइरहेको थियो, फ्यानहरूले आफ्नो मनको कुरा गरिरहेका थिए। यस्तो अवस्थामा सचिन आफैंले पनि आफूलाई रोक्न सकेनन् र आफू पनि मेस्सीलाई विश्वकप जितेको हेर्न चाहन्छन् भन्ने पोष्टबाट संकेत दिए। त्यसपछि पोस्टमा जवाफको बाढी आयो। सबैले आआफ्नो तरिकाले यो जित मनाइरहेका थिए।

फाइनलमा एकपछि अर्को गर्दै मेस्सीको नाम रेकर्ड हुँदै गयो। उनी फिफा विश्वकपको एउटै संस्करणमा समूह चरण, राउण्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो फुटबलर बनेका छन्। कुल १३ गोल र आठ असिस्टसहित मेस्सी १९९८ को विश्वकप पछि सबैभन्दा धेरै गोल (२१) गर्ने खेलाडी पनि बने। उनले १८ वर्षको उमेरमा विश्वकपमा पहिलो गोल गरेका थिए र अब ३५ वर्षको उमेरमा उनी विश्वकपमा गोल गर्ने र असिस्ट गर्ने सबैभन्दा कान्छो र जेष्ठ खेलाडी पनि बनेका छन्। उनले फाइनलमा आफ्नो अन्तर्राष्ट्रिय करियरको १००औं गोल पनि गरे।

About Author

Advertisement