दुई काठ तस्कर पक्राउ

IMG_20221219_154204.jpg

सिलगढी: जलपाईगुडी जिल्लाको बेलाकबा वन विभागका अधिकारीहरूले सोमबार बिहान जलपाईगुडीको रानी नगर इलाकाबाट फर्सीले भरिएको १४ पाङ्ग्रे ट्रकमा बर्मा सागौन काठको ठूलो परिमाण बरामद गरे। जानकारीका अनुसार याे काठ तस्करी गुवाहाटीबाट कोलकातातर्फ भइरहेको थियो। यस घटनामा वन विभागले वाहन चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरु महाराष्ट्र बासिन्दा मोहम्मद नईम र शेख कलिम हुन्।

बरामद काठको मूल्य करिब ५० लाख रुपैयाँ रहेको छ। पक्राउ परेका अभियुक्तलाई भोलि जलपाईगुडी अदालतमा पेश गरिने छ। वन विभागका अनुसार गोप्य सूचनाका आधारमा बेलकवाका रेन्जर सञ्जय दत्तको नेतृत्वमा अभियान चलाएर ठूलो परिमाणमा तस्करी गरिएको काठ बरामद गरिएको हो।

About Author

Advertisement