कालचिनी – कालचिनी खण्डको हाँसीमारा संलग्न बीच चियाबारीमा आज कमानको मालिकको जन्मदिनको उपलक्ष्यमा श्रमिकहरुको हितलाई ध्यानमा राखेर सामाजिक संस्था निस्वार्थ र लायन्स नेत्रालयको सहयोगितामा निःशुल्क नेत्र जाँच शिविर सम्पन्न भयो। बिहान चियाकमानको मन्दिरमा भूमि पूजन पश्चात कमानको मालिक औ प्रबन्धनपक्षको उपस्थितिमा शिविर शुरु गरीएको थियो भने प्रायः ४०० भन्दा अधिक श्रमिक परिवारहरुले आँखा जाँचको लाभ उठाएको थियो। यसमध्ये मोतियाबिन्दको रोगीहरुलाई लायन्स नेत्रालयको सहयोगितामा अपरेसनमा लगिने आयोजक कमिटीको पक्षबाट जानकारी गराईएको छ।