बीरपाड़ा: डुवर्सको साहित्यिक भाषिक तथा सांस्कृतिक उन्नयनको निम्ति गठन भएको संस्था डुवर्स नेपाली सहित्य सभाद्वारा आज बिरपाडा नेपाली उच्च माध्यमिक विद्यालयमा कमिटी पुनर्गठन, साहित्य चौतारीको १९औँ प्रकरण, आजीवन सदस्यगणलाई सम्मान साथै डुवर्सका दुई मेधावी छात्र छात्रलाई सम्वर्द्धना गरियो। आजको कार्यक्रम दुई सत्रमा गरिएको थियो जसमा पहिलो सत्रका अध्यक्षता समाजसेकी अजित पराजुलीले गरेका थिए भने विशिष्ट अतिथि एवम् मुख्य अतिथिका रूपमा सितम मोक्तान, अनुप शर्मा देवेन विश्वकर्म, सुवास छेत्री, सुश्री दुर्गा गुरुङ, बिनोद मोक्तान आदि उपस्थित थिए। पहिलो सत्रमा डुवर्स नेपाली साहित्य सभाका विशिष्ट आजीवन सदस्यगणलाई सम्मान गरियो ।जसमा डुनेसाविस पूर्व अध्यक्ष सितम मोक्तान, समाजसेवी दुर्गा गुरुङ, शिक्षक अनुप शर्मा, देवेन विश्वकर्मा लगायत आजीवन सदस्यगण शिक्षक सुवास छेत्री, कवि सविन थापा, शिक्षक अमीर सुब्बा, शिक्षक स्वागन थापा -लाई सम्मान गरियो। कवि किरण उपाध्याय तथा दिलीप शर्मा घिमिरद्वयले सञ्चालन गरेको उक्त कार्यक्रममा मूलसचिव उमेश प्रधानले आफ्नो प्रतिवेदन प्रस्तुत गरे अनि कोषाध्यक्ष किरण उपाध्यायले छ वर्षको डुनेसासको आय ब्यायको हिसाब प्रस्तुत गरे। दोस्रो सत्रको कार्यक्रममा पुरानो। कमिटीलाई भङ्ग गरेर मुख्य चुनाव अधिकारी सितम मोक्तान एवम् अनुप शर्माको उपस्थितिमा नयाँ कमिटी सर्वसम्मतिले गठन गरियो जसमा अध्यक्ष देवेन विश्वकर्म, उपाध्यक्ष नारायण प्रधान, मूलसचिव किरण उपाध्याय, सहसचिव नेत्रप्रसाद भट्टराई, नक अर्बिना योञ्जन, कोषाध्यक्ष- सबिन थापा, सह कोषाध्यक्ष अमीर सुब्बा, प्रिया गौतम। कार्यकारिणीसदस्य दिलीप शर्मा, बिजय छेत्री। अभिजित मगर। ममता प्रधान, सुमित्र गौतम, विकास छेत्री, प्रकाश शर्मा, पधम छेत्री, विशाल लामा आदिलाई चयन गरियो अनि नयाँ कमिटीले बिभिन्न नयाँ कार्यक्रमको घोषणा गरे। ती घोषणाहरू – स्व. इन्द्रबहादुर गुरुङ युवा साहित्य पुरस्कार,डुनेसासको मुखपत्र, संविधान आदि। आजको कार्यक्रममा डुवर्सको विभिन्न क्षेत्रहरूबाट उपस्थित भएका थिए।