मञ्जुश्री गोल्ड कपः रेड हर्स फाइनलमा

IMG_20221218_203419.jpg

सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा नेपालको टीम रेड हर्स (इलाम)-ले फाइनलमा स्थान बनायो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा आइतवार भएको पहिलो सेमिफाइनल म्याचमा रेड हर्स-ले कालेबुङको जर्जियन एफसी-लाई २-१-ले पराजित गऱ्यो। म्याच हारे पनि जर्जियन एफसी-का प्रभास रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार (२० दिसम्बर) खेलिने दोस्रो सेमिफाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र डाबग्राम एफसी- बीच भिड़न्त हुनेछ।

यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement