एआईडब्लुसिले सञ्चालन गर्यो आनन्द गाउँमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

IMG-20221218-WA0156.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुङदेखि ७ किलो मीटर टाढा आनन्द गाउँ, सिपाहीधुरामा अल इन्डिया विमेन्स् कन्फरेन्स (एआईडब्लुसि), खरसाङ शाखाले नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजना गर्यो।
एआईडब्लुसिका सचिव सरोज चौहानले जानकारी दिँदै भने, “जाडोको मौसम वृद्ध मानिसहरूको स्वास्थ्यको निम्ति खराब मौसम हो। यो समयमा उनीहरू बिरामी भई हाले पनि डाक्टर सेवा लिनु घरबाट निस्कनु नै मुश्किल हुन्छ। हामीले स्वास्थ्य जाँच शिविर लगाएको ठाउँ दुर्गम गाउँ हो। यहाँ गाडी सम्म पुग्नु सक्दैन। त्यसैले वृद्ध व्यक्तिहरुलाई ध्यानमा राखेर यो स्वास्थ्य शिविर राखेका हौं।”

उनले थप भने, “हाम्रो यो शिविर खरसाङ महकुमा अस्पताल सँगको संयुक्त कार्यक्रम हो। हामी दुर्गम गाउँ संग सम्पर्क राख्छौ। जब कुनै पनि दुर्गम गाउँमा यस्तो शिविरको आवश्यकता पर्दछ तब हामी अस्पताल अनि अन्य संघ संस्थाहरू सँग योजना बनाएर यसरी संयुक्त रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्छौ।”
एआईडब्लुसिको कार्य भारतभरि नै छ। संस्थाले महिलाहरुको विभिन्न मुद्दाहरू माथि काम गर्छन। संस्थाको केन्द्रिय कार्यालय दिल्लीमा छ भने खरसाङ शाखाको कार्यालय गुरुकुल आश्रम, डाउहिलमा अवस्थित छ। संस्थाले खरसाङमा विगत २२ वर्ष देखि महिलाहरुलाई सेवा पुर्याउदै आएको छ। संस्थाले महिलाहरु माझ जनचेतना , स्वावलम्बिका पहलहरु कार्यक्रमहरु गर्दै आएका छन्। शिविरमा गाउँका ८९ जना विरामीहरुको जाँच गरियो। अस्पतालका डा देवासिस शिविरको मुख्य डाक्टर रहनु भएको थियो। बिरामीहरूलाई चाहिएको दबाईहरु पनि निशुल्क वितरण गरियो। दबाईहरू खरसाङ महकुमा अस्पतालले निशुल्क उपलब्ध गराएका हुन्।

आनन्द गाउँ करिब ४०० जनसंख्या भएको दुर्गम गाउँ हो।
शिविरमा संस्थाका मालाञ्च लेप्चा, सरोज चौहान, रोजी छेत्री, संगीता थापा, पद्मा प्रधान , लोपामुद्रा व्यानेर्जीले शिविरलाई सञ्चालन गर्न सहयोग पुर्याएका थिए भने महकुमा अस्पतालका नर्सहरु मञ्जु छेत्री, पासाङ घिसिङ अनि मनिमा सुब्बाले डाक्टरको सहयोग गरेका थिए। आनन्द गाउँका स्वयं सेवकहरुले शिविर सञ्चालन गर्ने टोलीलाई खानाको प्रबन्ध मिलाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement