बागौडाको निङमा छोइलिङ गुम्बा निर्माण अनुदान संग्रह कार्यक्रम सम्पन्न

IMG-20221218-WA0279.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत बाघगौडास्थित निर्माण भइरहेको निङमा छोइलिङ शेर्पा गुम्बाको अनुदान संग्रह कार्यक्रम साथै अर्द्घनिर्मित यस गुम्बाको विधिवत् उद्घाटन पनि गरियो। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा टुङ-सन्तमेरिज समष्टि सभासद नुरी शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा शेर्पा विकाश बोर्डका अध्यक्ष निमा वाङ्दी शेर्पा उपस्थित थिए। यस पवित्र गुम्बालाई पूर्ण निर्माण गर्न साथै नौलो रुप दिनका निम्ति सभासद नुरी शेर्पा, स्थानीय वासिन्दाहरुदेखि लिएर अन्य ठाउँहरुबाट उपस्थित रहेका सदस्य/सदस्याहरुबाट अर्थ संग्रह पनि गरियो।

यस पवित्र एवं धार्मिक कार्यक्रममा अंशग्रहण गरेका महानुभावहरुबाट अति नै खुल्ला हृदयले सहयोग प्राप्त भएकोमा स्थानीय सभासद साथै शेर्पा बोर्डका अध्यक्षद्वारा सबै-सबैप्रति हार्दिक कृतज्ञता प्रकट गरिएको छ। यसरी धार्मिक स्थलहरुको निर्माण, यसको सही संरक्षण एवं सम्बर्द्धन गर्नाले प्रत्येक व्यक्ति-विशेषमा मानसिक एवं शारिरिक विकाशको साथ-साथ अाध्यात्मिक ज्ञान लिएर असल कार्यहरु गरी आ-अाफ्नो क्षेत्रकोनै विकाश भएर जाने अाजको कार्यक्रमको मूल उद्देश रहेको थियो।

निमा लामाले सञ्चालन गरेको यस कार्यक्रममा भागोप्रमो टुङ-सन्तमेरिज समष्टि सल्लाहकार फूर्बा रुम्बा, समष्टिका युवा शक्ति सभापति उर्गेन घिसिङ, युवा शक्ति सचिव दिपेश तामङ, भागोप्रमो बाघगौडा ब्लक सभापति मणि रुम्बा, समष्टि सदस्य सहदेव तामङ लगायत मामरिङ-तोर्योकदेखि लिएर टाडा नजिकका महानुभाव एवं श्रद्धालुहरु उपस्थित थिए भनी भागोप्रमो टुङ-सन्तमेरिज समष्टिको पक्षमा बिराज थापाले जानकारी गराएका छन्।

About Author

Advertisement