खेलाड़ीहरूलाई ट्र्याक शूट वितरण

IMG-20221218-WA0106.jpg

खेल र खेलाड़ीहरूका विकासमा ग्रास रूट लेभलमा काम गर्दै आइरहेको मिलनमोड़ फूटबल एकाडमीमा आइतवार युवा खेलाड़ीहरूलाई ट्र्याक शूट प्रदान गरियो। यस अवसरमा ५० जना खेलाड़ीहरूलाई ट्र्याक शूट प्रदान गरियो। मैदानमा उपस्थित अतिथि एडभोकेट खेम कुमार राईले युवा खेलाड़ीहरूलाई अनुशासनको साथ कठोर मेहनत गर्ने टिप्स दिए। यस कार्यलाई सफल बनाउनमा सुकना निवासी हेम्त कुमार शर्माको महत्त्वपूर्ण योगदान रहेको थियो। यस अवसरमा एकाडमीका अधिकारीहरूमा अमर सुब्बा, दिपेन्द्र सिंह छेत्री, उज्जव शर्मा, सञ्जु साइबो, पासाङ तामाङ र विकास नेपाल उपस्थित थिए। अतिथिहरूमा बद्री प्रसाद शर्मा र राजेन भण्डारीको साथमा अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement