कोविड़ भारत: कोरोनाक १७६ नयाँ मामिला, ५(१+४) जनाको मृत्यु

COVID_Model_AP.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १७६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७५,९५२ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले ५ जनाको(गत २४ घण्टामा १ जना  महाराष्ट्रबाट र पुरानाे ४ जना केरेलाबाट मिलाइएको छ)मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६७२ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २१९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४१,७२८ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ३,५५२ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,१४,७९२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९०,९१,०६,६०३ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ४७,७३४ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,००,३६,७८९ जनाले यो खोप लगाइसकेको छन्।

About Author

Advertisement