फीफा वर्ल्ड कपः मोरक्कोलाई पराजित गरी तेस्रो स्थानमा रह्यो क्रोएशिया

IMG-20221218-WA0102.jpg

गत वर्ल्ड कपको उपविजेता क्रोएशियाले शनिवार राति खेलिएको फीफा वर्ल्ड कपको तेस्रो स्थानको प्लेअफ्- मा मोरक्कोलाई २-१-ले पराजित गरी तेस्रो स्थान हासिल गऱ्यो। क्रोएशियाको तर्फबाट म्याचमा जोस्को ग्वर्डिओल र मिस्लाव ओरसिचले गोल गरे। यसरी नै मोरक्कोबाट अचरफ डारीले एक गोल गरे। म्याचको तीनैवटा गोल मध्यान्तर अघि भयो। दोस्रो हाफको खेलमा दुवै टीमले गोल गर्न सकेन। क्रोएशिया २०१८-मा भएको वर्ल्ड कपको फाइनलमा पुगेको थियो। त्यस समय फाइनलमा उनीहरूले फ्रान्स विरुद्ध हारको सामना गर्नु परेको थियो। क्रोएशियाले यस जीतको साथै यूरोपेली टीमहरूद्वारा लगातार ११औं संस्करणमा तेस्रो स्थान हासिल गर्ने परम्परालाई कायम राख्यो। यसअघि अन्तिमपल्ट १९७८-मा गैर यूरोपेली देश ब्राजीलले तेस्रो स्थान हासिल गरेको थियो। त्यस म्याचमा ब्राजीलले इटलीलाई २-१-ले पराजित गरेको थियो। क्रोएशियाले गत दुईवटा वर्ल्ड कप मिलाएर जम्मा १४ वटा म्याच खेलेर केवल दुईवटा हारेको छ। यस अवधि क्रोएशियाले ६ वटा म्याच जितेर ६ वटा ड्र गरेको छ। गत वर्ल्ड कपमा उनीहरू फ्रान्स विरुद्ध फाइनलमा २-४-ले पराजित भएका थिए। यसरी नै कतरमा जारी वर्ल्ड कपमा उनीहरू अर्जेण्टिना विरुद्ध ०-३-ले पराजित भएका थिए।

खलीफा इण्टरनेशनल स्टेडियममा शनिवार राति खेलिएको म्याचमा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने क्रोएशियालाई ग्वर्डिओलले दर्शनीय हेडरद्वारा गोल गरी सातौं मिनटमा बढ़त दिलाए। फीफा वर्ल्ड कपको सेमिफाइनल खेल्ने पहिलो अफ्रिकी टीम बनेर इतिहास रच्ने मोरक्कोले पनि म्याचमा बराबरी हासिल गर्न अधिक समय लिएन। गोल खाएको लगत्तै दुई मिनटपछि डारीले पनि हेडरद्वारा नै गोल गरी मोरक्कोलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि क्रोएशियाले मध्यान्तरको ठीक अघि फेरि बढ़त हासिल गऱ्यो। ओरसिचले ४२औं मिनटमा दर्शनीय गोल गरी यूरोपेली देशलाई २-१-को बढ़त दिलाए, जुन अन्तमा निर्णायक साबित भयो। यस जीतको साथै क्रोएशियाका ३७ वर्षीय दिग्गज मीडफिल्डर लुका मोड्रिचले वर्ल्ड कपमा आफ्नो अन्तिम म्याचमा जीतको साथ बिदा लिए। मोड्रिच मात्र नभएर क्रोएशियाई टीमका अन्य एक दिग्गज खेलाड़ी इभान पेरिसिचको पनि यो अन्तिम वर्ल्ड कप हो। यसरी नै मोरक्कोले ऐतिहासिक प्रदर्शनपछि चौथो स्थानमा रहेर गर्वको साथ फीफा वर्ल्ड कप २०२२-मा अभियान समाप्त गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement