बागडोगरा: सिलगढी पुलिस आयुक्तालयको नेतृत्वमा बागडोगरा ट्राफिक गार्डद्वारा ३४औं रक्तदान शिविर आयोजित गरिएको थियो। आजको रक्तदान शिविरमा प्रहरी, सर्वसाधारण र पत्रकारहरुको सहभागिता रहेको थियो। सिलगढी पुलिस आयुक्त अखिलेश कुमार चतुर्वेदीले भने कि उनीहरूको शिविर नियमित छ र अर्को हप्ता पनि आयोजना गरिनेछ। उनले आज करिब ८० जनाले रक्तदान गर्ने अपेक्षा गरिएको बताए। आजको कार्यक्रममा सिलगढी पुलिस आयुक्त अखिलेश कुमार चतुर्वेदी, डीसीपी आशिष सुब्बा, एडीसीपी पूर्णिमा शेर्पा, बागडोगरा ट्राफिक गार्ड ओसी एसएस नेगी सहित धेरै पुलिसकर्मीहरू सहभागी थिए।










