पानीट्याङ्की ई–रिक्सा युनियन धर्नामा

IMG_20221217_185610.jpg

सिलगढी। नेपाल–भारत सीमामा टोटो आवतजावत बिना कुनै निर्देशन रोकिएको छ। तत्काल टोटो सञ्चालन गर्न माग गर्दै आन्दोलनरत टोटो चालक धर्नामा बसेका छन्। शनिबार पानीट्याङ्की ई–रिक्सा युनियनका टोटो चालक खोरीबारी पानीटँकीमा धर्नामा बसेका छन्। एसएसबीले बिना कारण टोटो रोकेको चालकहरुको गुनासो छ। तर एसएसबी स्रोतका अनुसार टोटोमा वैध नम्बर र कागजात नहुँदा यस्तो निर्णय गरिएको हो।

About Author

Advertisement