प्रधानमन्त्रीले रु. ६,८०० करोडभन्दा धेरै लागतका परियोजनाहरूको उद्घाटन, समर्पण र शिलान्यास गर्नेछन्
नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले १८ दिसम्बरको दिन मेघालय र त्रिपुराको दौडाहा गर्नेछन्। शिलङमा प्रधानमन्त्रीले पूर्वोत्तर परिषदको स्वर्ण जयन्ती समारोहमा सहभागिता जनाउनेछन्। करिब १०.३० बजे बिहान, प्रधानमन्त्रीले शिलङ स्थित राज्य सम्मेलन केन्द्रमा पूर्वोत्तर परिषदको बैठकमा भाग लिनेछन्। यसपछि, ११.३० बजे उनले शिलङमा आयोजित समारोहबीच विविध परियोजडनाको उद्घाटन, समर्पण अनि शिलान्यास गर्नेछन्। करिब २.४५ बजे उनी अगरतलाको निम्ति प्रस्थान हुनेछन्, जहाँ विविध परियोजनाको उद्घाटन अनि शिलान्यास गर्नेछन्।
मेघालयमा प्रधानमन्त्री
प्रधामन्त्रीले पूर्वोत्तर परिषदको बैठकलाई सम्बोधित गर्नेछन्। पूर्वोत्तर परिषद (एनईसी), ७ नोभेम्बर १९७२ मा आधिकारिक रूपमा उद्घाटन गरिएको थियो। एनईसीले पूर्वोत्तर क्षेत्रको सामाजिक-आर्थिक विकासमा महत् भूमिका खेल्नका साथै विविध पूर्वाधार परियोजना अनि अन्य विकास पहलहरूलाई सहयोग प्रदान गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, खेलकूद, जल संसाधन, कृषि, पर्यटन, उद्योगलगायत अन्यमा देखिएका अन्तरहरू पाट्ने दिशामा यसले बहुमूल्य पूँजीगत अनि सामाजिक पूर्वाधार सिर्जना गर्न सहयोग गर्दैआएको छ। यसका साथै यहाँ आयोजित सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री मोदीले रु. २४५० करोडभन्दा धेरै लागतका विविध परियोजनाको उद्घाटन, समर्पण अनि शिलान्यास गर्नेछन्।
क्षेत्रमा दूरसञ्चार सम्पर्कलाई बढावा दिन, प्रधानमन्त्रीले ४-जी मोबाइल टावरहरू राष्ट्रलाई समर्पण गर्नेछन्, जसअन्तर्गत ३२० को काम पूरा गरिसकिएको छ भने ८९० को निर्माण कार्य चलिरहेको छ। प्ऱदानमन्त्रीले उम्सावलीमा आइआइएम शिलङको नयाँ क्याम्पसको पनि उद्घाटन गर्नेछन्। यसै गरी उनले शिलङ-देङपासो सडक मार्गको पनि उद्घाटन गर्नेछन्, जसले शिलङ स्याटेलाइट टाउनशीपका लागि समुचित सडक साधन उपलब्ध गराउनका साथै शिलङलाई भीडमुक्त गराउन पनि सहयोग गर्नेछ। यसै क्रममा प्रधानमन्त्रीले तीनवटा राज्य – मेघालय, मणिपुर र अरुणाचल प्रदेश जोड्ने चारवटा अन्य सडक परियोजनाको पनि उद्धाटन गर्नेछन्।
यसै गरै च्याउको बिउ उत्पादन बढाउनका अतिरिक्त कृषक अनि उद्यमीहरूलाई कौशल प्रशिक्षण प्रदान गर्ने मेघालयको च्याउ विकास केन्द्रमा स्पाउन ल्याबोरेटरीको पनि उनले उद्घाटन गर्नेछन्। मेघालयमा क्षमता निर्माण तथा प्रविधि उन्नयनको माद्यमद्वारा मौरीपालक कृषकहरूको आजीविकामा सुधार ल्याउने उद्देश्यका साथ विकसित एकिकृत मौरी पालन विकास केन्द्रको पनि उनले उद्घाटन गर्नेछन्। प्रधानमन्त्रीले मिजोरम, मणिपुर, त्रिपुरा अनि आसममा कूल २१ वटा हिन्दी पुस्तकालयको पनि उद्घाटन गर्नेछन्।
प्रधानमन्त्री मोदीले आसम, मेघालय, मणिपुर, मिजोरम र त्रिपुराका लागि ६ वटा सडक परियोजनको पनि शिलान्यास गर्नेछन्। तुरा अनि शिलङ प्रविधि उद्यान, चरण-२ मा एकिकृत आतिथ्य एवं सम्मेलन केन्द्रको पनि उनले शिलान्यास गर्नेछन्, जसमा १.५ लाख वर्गफीट जति। यसले विशेषज्ञहरूका लागि नयाँ अवसर सिर्जना गर्नका साथै तीन हजारभन्दा धेरै रोजगार अवसर सिर्जना गर्नेछ। एकिकृत आतिथ्य एवं सम्मेलन केन्द्रमा सम्मेलन केन्द्र, अतिथि कक्ष, फूड कोर्ट आदि सामेल रहनेछ। यसले पर्यटनलाई बढावा दिनका साथै क्षेत्रको सांस्कृतिक धरोहर प्रस्तुत गर्न आवश्यक पूर्वाधार प्रदान गर्नेछ।
त्रिपुरामा प्रधानमन्त्री
प्रधानमन्त्रीले त्रिपुरामा रु. ४३५० करोडभन्दा धेरै लागतका अनेकौं प्रमुख परियोजनाहरू लोकार्पमण, समर्पण अनि शिलान्यास गर्नेछन्। प्रधानमन्त्रीले सबैलाई आवास सुनिश्चित गर्ने दिशामा विशेष ध्यान दिनेछन् भने प्रधानमन्त्री आवास योजना, शहरी एवं ग्रामीणका लाभार्थीहरूका लागि गृह प्रवेश कार्यक्रमको शुभारम्भ गर्नेछन्। यी आवासहरू रु.३४०० करोडभन्दा धेरै लागतमा निर्माण गरिनेछ र दुई लाखभन्दा धेरै लाभार्थी लाभान्वित बन्नेछन्। सडक साधनमा सुधार ल्याउने दिशामा ध्यान केन्द्रित गर्दै प्रधानमन्त्री मोदीले अगरतला बाईपास (खैरपुर-आमताली) राष्ट्रिय राजमार्ग ८ विस्तारीकरण परियोजनाको उद्घाटन गर्नेछन्, जसले अगरतला शहरमा वाहनहरूको भीड घटाउन सहयोग ग्रनेछ। यसका साथै पीएमजीएसवाई-३ अन्तर्गत २३० किलोमटिर लम्बाईका ३२ वटा सडक र ५४० किलोमिटर लम्बाईको ११२ वटा सडकको स्तरोन्न्तिका लागि पनि शिलान्स गर्नेछन्। यसका अतिरिक्त प्रधानमन्त्रीले आनन्दनगरमा राज्य होटल प्रबन्धन संस्थान र अगरतला सरकारी दन्तचिकित्सा कलेजको पनि उद्घाटन गर्नेछन्। -पीआईबी
—










