फीफा वर्ल्ड कप २०२२-मा क्रिस्टियानो रोनाल्डोको टीम पोर्तुगलको क्वार्टर फाइनलमा प्रदर्शन निराशाजनक रह्यो। क्वार्टर फाइनलमा पोर्तुगललाई मोरक्कोले पराजित गरेको थियो। वर्ल्ड कप जस्तो टुर्नामेण्टमा टीम पराजित भएपछि पोर्तुगीच फूटबलमा खलबली मचिएको छ। वास्तवमा टीमका मुख्य प्रशिक्षक फर्नाण्डो सेण्टोसले आफ्न पदबाट राजीनामा दिएका छन्। फीफा विश्व कपको अवधि आफ्नो विवादित फसेलाले गर्दा सेण्टोस चर्चामा रहेका थिए। उनले रोनाल्डो जस्ता दिग्गज खेलाड़ीलाई प्री-क्वार्टर र क्वार्टर फाइनल जस्तो महत्त्वपूर्ण म्याचमा प्रथम एकादशमा राखेनन्। रोनाल्डो जस्तो दिग्गजलाई बेञ्चमा बसेको देखेर समर्थकहरूले सेण्टोसको आलोचना शुरु गरेका थिए। त्यहीमाथि टीमले वर्ल्ड कपबाट बिदा लिएपछि उनीमाथि पद छोड़्ने दबाउ सृष्टि भएको थियो। यसपाली सेण्टोस आफैले पद छोड़्ने फसेला गरेका छन्। सेण्टोसलाई प्रशिक्षक पदबाट हटाइएपछि पोर्तुगलको फूटबल फेडरेशनले पनि एउटा बयान जारी गरेको छ। बयानमा भनिएको छ, ६८ वर्षीय सेण्टोससँग एउटा सम्झौता थियो, जुन अहिले समाप्त भएको छ। सेप्टेम्बर २०१४-देखि शुरु भएको यो सफल यात्रा यहाँ समाप्त भयो। अब टीमका नयाँ प्रशिक्षकको खोज शुरु गरिनेछ।
रिपोर्ट अनुसार, सेण्टोस पोर्तुगलको प्रशिक्षक पद छोड़्न चाहदैनन् थिए। उनी आठ वर्षदेखि राष्ट्रिय टीमका प्रशिक्षक थिए। विश्व कपमा पोर्तुगलको प्रदर्शनपछि चाहिँ सेण्टोसले उनको केही फसेलासँग मानिसहरूमा सहमत नरहेको कुरा स्वीकार गरे, जसमा रोनाल्डोलाई बेञ्चमा राख्नु सामेल छ। प्री क्वार्टर फाइनलमा सेण्टोसले रोनाल्डोको स्थानमा रामोसलाई स्थान दिएका थिए, जसले म्याचमा ह्याट्रिक गरेका थिए तर मोरक्को विरुद्ध म्याचमा टीमले त्यस प्रदर्शनलाई दोहोऱ्याउन सकेन। सेण्टोसले पद छोड़ेपछि भने, म धेरै कृतज्ञताको भावनाको साथ आफ्नो पद छोड़िरहेको छु। एउटा समूहलाई नेतृत्व गर्दा तपाईंले कहिले काही कड़ा फसेला पनि लिनु पर्छ। फसेला कहिले सही रहन्छ त कहिले गल्ती पनि हुन्छ। सबैलाई खुशी राख्नु सम्भव पनि हुँदैन।









