कालेबुङको डुङ्ग्रा बस्तीमा “विजयदिवस” पालन

vijaydiwas02-29.jpg

गान्तोक: पाकिस्तान विरुद्ध भारतको सन् १९७१ मा भएको युद्धमा जीतको उत्सव मनाउन कालेबुङको डुङ्ग्रा सामुदायिक भवनमा आयोजित तीनदिने एकिकृत सञ्चार एवं लोकसम्पर्क कार्यक्रमबीचसूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत क्षेत्रीय लोकसम्पर्क कार्यालय “विजय दिवस” पालन गरियो। यस अवसरमा अवकाशप्राप्त कर्णल रमेश आलेले पाकिस्तान विरुद्ध सन् १९७१ को युद्धमा सर्वोच्च बलिदान दिने वीर भारतीय योद्धाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न विजय दिवस पालन गर्ने गरिएको जानकारी दिए। यस वर्ष उक्त जीतको ५१औं वर्ष पूरा भइरहेको र देशभरी प्रत्येक वर्ष यस्तै जोश अनि उत्साहका साथ विजय दिवस पालन गर्ने चलन रहेको पनि उनले बताए।
यसै गरी बीएसएफका अवकाशप्राप्त सहायक कमाण्डेन्ट पीके प्रधान अनि हवल्दार गणेशकुमार छेत्रीले सन् १९७१ को युद्ध सम्बन्धी आफ्नो अनुभव साझा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *