मन्त्री खरेलको पहलमा विद्यार्थीहरूलाई निःशुल्क कोचिङ प्रदान

IMG-20221216-WA0364.jpg

गान्तोक: नामथाङ क्षेत्रका विधायक एवं मन्त्री सञ्जित खरेलको पहलमा नामथाङ क्षेत्रका कक्षा १० अनि १२ मा अध्ययनरत छात्र छात्राहरूको निम्ति निःशुल्क कोचिङ क्लास शुरु गरिएको छ। अध्ययन इन्सटीट्यूटको ब्यानरमा गत चार वर्षदेखि मन्त्री खरेलले क्षेत्रका बोर्ड परीक्षामा दिइने छात्र छात्राहरूलाई निःशुल्क कोचिङ प्रदान गरिरहेका छन्। नामथाङ क्षेत्रका विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा प्रोत्साहन साथै सहयोग गर्न यो कोचिङ क्लास दिने प्रक्रिया शुरु गरिएको हो। आज मन्त्री खरेलले नामथाङमा विधिवतरुपमा चौथो सत्रको कोचिङ क्लासलाई शुभारम्भ गरे। यस अवधि उनले विद्यार्थीहरूसँग पनि अन्तरक्रिया गरे। विद्यार्थीहरूको काम केवल पढ़्नु रहेको उनले सबैलाई आफ्नो अध्ययनअवधि कुनै पनि प्रकारको सहयोग चाहिए पूर्ण रुपमा सहयोग दिने प्रतिबद्धता व्यक्त गरे। वर्तमान एसकेएम सरकारकालमा क्षेत्रको रङरूपनै परिवर्तन भएको कुरा बताउँदै भावी दिनमा यी विद्यार्थीहरूले पनि नामथाङको विकासमा ठूलो भूमिका खेल्नुपर्ने उत्तरदायित्व रहेको सबैलाई बताए। यस अवधि कक्षा १० अनि १२ को बोर्ड परिक्षामा सर्वोत्कृष्ट अंक लिएर उतिर्ण हुने विद्यार्थीहरूलाई आगामी स्वतन्त्रता दिवसको अवसरमा एक एक लाख रुपियाँको पुरस्कार राशी प्रदान गर्ने पनि मन्त्री खरेलले घोषणा गरे।

यसरी क्षेत्रका सम्पूर्ण पाठशालाहरूमा अध्ययनरत् विद्यार्थीहरूलाई निःशुल्क कोचिङ क्लास गर्ने व्यवस्था मिलाइदिएकोमा विद्यार्थीहरूले मन्त्रीप्रति कृतज्ञता प्रकट गर्दै आभार आभार व्यक्त गरेका छन्।

About Author

Advertisement