राज्यका चार बक्सिङ खेलाडी पटना प्रस्थान

IMG-20221216-WA0363.jpg

गान्तोक: बक्सिङ फेडरेशन अफ् इण्डियाको ब्यानरमा बिहारको राजधानी पटनामा आयोजित चौथो राष्ट्रिय बक्सिङ च्याम्पियनशीपमा सिक्किम राज्यले प्रतिनिधित्व गर्ने भएको छ। सिक्किम अमेच्युर बक्सिङ एसोसिएशनले चौथो जुनियर राष्ट्रिय बक्सिङ च्याम्पियनशीप-२०२२ को प्रतिनिधित्व गर्न चार जुनियर बक्सरहरूलाई छनौट गरेको छ। जसमा ४६-४८ किलो वर्गमा नाम्चीका जुनियर बक्सर मणिराज लोहार, ४८-५० किलो वर्गमा गान्तोकका आशीष गुप्ता, ५०-५४ किलो वर्गमा जयन्त डागर अनि ७५-८० किलो वर्गमा सामुएल गुरुङ रहेका छन्। जुनियर एशियन काँस्य पदक विजेता जयन्त डागरले आफ्नो वर्गबाट सिक्किम राज्यको निम्ति यसपटक स्वर्ण पदक जित्ने प्रबल सम्भावना रहेको छ। भोलि १७ दिसम्बरदेखि २२ दिसम्बरसम्म पटनाको कनखरबाघस्थित पाटलिपुत्र स्पोर्ट्स कम्प्लेक्सको इण्डोर हलमा यो प्रतियोगिता सम्पन्न हुनेछ। यस प्रतियोगिताको निम्ति सिक्किम टोलीको नेतृत्व उच्च प्रदर्शन बक्सिङ हेड कोच सुनिता छेत्रीले गरेकी छन्। उनीसँगै साबाका वित्तीय सल्लाहकार अरुण डागर टोली प्रबन्धकको रूपमा रहेका छन्। यसरी नै साबाका अध्यक्ष जसलाल प्रधानलाई बक्सिङ फेरडेशन अफ् इण्डियाद्वारा छनौट समितिका अध्यक्ष मनोनित गरिएको छ। यस प्रतियोगिताको निम्ति सिक्किमको टोली हिजो नै पटना पुगिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *