पसल आवण्टन गर्न करोड़ों रूपियाँको धाँधली भएको आरोप

FB_IMG_1671212969959.jpg

गान्तोक: राजधानी गान्तोकको कञ्चनजङ्घा शपिङ कम्प्लेक्स (लाल बजार) मा व्यापारीहरूलाई अवैध रूपमा पसल आवण्टन गर्न करोड़ों रूपियाँको धाँधली भएको खुलासा गान्तोक नगर निगमका मेयर नीलबहादुर छेत्रीले गरेका छन्। मेयरले सम्बन्धित व्यापारीहरूलाई दस्तावेज प्रस्तुत गर्न समय दिँदै दस्तावेज प्रस्तुत गर्न नसकेको खण्डमा उनीहरू विरूद्ध कानूनी कारबाही गर्ने चेताउनी दिएका छन्।
मेयर छेत्रीले लाल बजारमा धेरै ट्रेडर र हकरहरूले अवैध रूपमा पसल चलाइरहेका छन् भनी बताए। व्यापारीहरूलाई यसरी पसल चलाउन दिन उनीहरूबाट लाखों रूपियाँ लिएको कुरा पनि प्रकाशमा आएको उनले बताए। आफु समक्ष यसको प्रमाण पनि रहेको दाबी गर्दै आवश्यकता परेको खण्डमा उपयुक्त ठाउँमा सो प्रमाण प्रस्तुत गर्ने उनले बताए।
अर्कोतिर, कतिपय ट्रेडर र हकरहरूले आफ्नो लाइसेन्स नवीकरण नगरि पसल चलाइरहेको कुरा पनि थाहा लागेको बताए। मेयर छेत्रीले यस्ता ट्रेडर र हकरलाई आगामी वर्ष १० जनवरीभित्र निगम समक्ष सिक्किम सब्जेक्ट, आरसी अथवा एलटमेण्ट अर्डर प्रस्तुत गर्न सुझाउ राखे। उनीहरूले आवश्यक दस्तावेजहरू प्रस्तुत गर्न सकेको खण्डमा लाइसेन्स नवीकरण गरिदिने उनले बताए।
यस अतिरिक्त लाल बजारका १७ जना हकरले आफुहरू विरूद्ध नोटिस पठाएको पनि उनले अवगत गराए। उनीहरूलाई १० जनवरीसम्म दस्तावेज बुझाउन समय दिने बताउँदै त्यसपछि कारबही शुरू गर्ने बताए। पहिले विभागद्वारा लाइसेन्स प्रदान गर्न गल्ती भएको कुरा पनि उनले स्वीकार गरे। उनले व्यापारीहरूलाई सहयोगको निम्ति अपील गर्दै सहयोग नगरेको खण्डमा यो मामिला भिजिलेन्सलाई सुम्पिने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *