उत्तर-पूर्वी स्तरीय र राज्यस्तरीयभलिबल प्रतियोगिता समपन्न

22-38-06-nam_327_H@@IGHT_0_W@@IDTH_600.jpg

नाम्ची: नाम्ची पोकलोक-सामाटारको रत्न ज्योति क्लबले आफ्नो माणिक जयन्ती पालन गरिरहेको छ। यस अवसरमा उत्तर-पूर्वी स्तरीय र राज्यस्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। माणिक जयन्ती कार्यक्रम गत ११ दिसम्बरदेखि शुरू भएको थियो भने यसको समापन कार्यक्रम आगामी १८ दिसम्बरमा हुनेछ। आजको कार्यक्रममा कृषक कल्याण बोर्डका अध्यक्ष फुर्देन लेप्चा मुख्य अतिथि तथा विशिष्ट अतिथिको रूपमा पूर्व मन्त्री आरबी सुब्बा उपस्थित थिए। आयोजक समितिका अध्यक्ष जीपी अधिकारीले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य युवा भाई-बहिनीहरूलाई खेलप्रति आकर्षित गरेर समाजमा सकारात्मक विचार र उर्जा ल्याउनु रहेको बताए।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको आजको उत्तर-पूर्वीय प्रथम खेलमा नेपाल गण्डकी प्रदेशले असमलाई पराजित गन्यो। दोस्रो खेलमा मणिपूरले सिक्किमलाई पराजित गर्यो। यसै गरी, तेस्रो खेलमा मिज़ोरमले अरूणाचल प्रदेशलाई पराजित गन्यो भने चौथो खेलमा त्रिपुरालाई झापा गाउँ पालिका नेपालले पराजित गर्यो। कार्यक्रममा साँस्कृतिक गीत-नृत्य आदि पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा भूतपूर्व पुलिस अधीक्षक सन्तोष प्रधान, साहित्यकार थीरूप्रसाद नेपाल आदिको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement