गितडब्लिङ: नवनिर्मित गितडब्लिङ सन्त जोसेफ गिर्जाघरको आज विधिवत् रूपमा उद्घाटन गरियो।दार्जिलिङ धर्म प्रान्तका महामहिम बिषप स्टेफन लेप्चाको बाहुलीबाट उद्घाटन सम्पन्न गरियि। दार्जिलिङ, सिक्किम आदि बिभिन्न क्षेत्रका फादर, सिस्टरहरू लगायत ठुलो संख्यामा इसाई धर्मावलम्बीको उपस्थिति रहेको थियो। सबै समुदायका मानिसहरूले यस गिर्जाघरको उद्घाटन कार्यक्रममा सहभागिता जनाएका थिए। सन् २०१९ देखि यस गिर्जाघर निर्माण कार्य शुरु गरिएको थियोे।

बिभिन्न पल्ली, आम समुदाय तथा दाताहरुको सहयोगमा तीन वर्ष भित्र यस गिर्जाघरको निर्माण कार्य सम्पन्न गरिएको हो। सन् १९६८ सालमा फादर श्वेर ले निर्माण गर्नुभएको पुरानो गिर्जाघरलाई बद्ली नगरी त्यसलाई आफ्नो यथास्थितिमा राखी आधुनिक तकनीकीको प्रयोग गरी यस गिर्जाघरको निर्माण गरिएको हो।