डागापुर मर्निंग क्लबको आयोजनमा दुईदिने भेटरन्स फूटबल टुर्नामेण्ट हुने

IMG-20221216-WA0313.jpg

गत वर्षहरू झैं सिलगढ़ीको डागापुर मर्निंग क्लबको तत्त्वावधानमा दुईदिने नक्आउट भेटरन्स (४० प्लस) फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। दार्जीलिङ मोड़ नजिक डागापुर फूटबल मैदानमा १७ र १८ दिसम्बरमा हुने यस टुर्नामेण्टमा जम्मा 8 वटा टीमले चुनौती पेश गर्नेछ। टुर्नामेण्टको पहिलो चरणका चारवटा म्याच १७ दिसम्बरमा खेलिनेछ। यसरी नै दुईवटा सेमिफाइनल र फाइनल १८ दिसम्बरमा हुनेछ। पहिलो दिन म्याचहरू बिहान १० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई मदन छेत्री स्मृति विनर्स ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई हनुमान दास अग्रवास रनरअप् ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। गत वर्ष टुर्नामेण्टमा रोयल एफसी भेटरन्सको टीम च्याम्पियन भएको थियो भनी आयोजक डागापुर मर्निंग क्लबका सचिव अमल खवासले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement