हामीले पञ्चायती राजलाई फर्काएर ल्यायौं: अनित थापा

IMG-20221216-WA0310.jpg

कालेबुङ: जनसम्पर्क अभियानमा निस्केका जीटीए चिफ् एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा कालेबुङ जिल्ला अन्तर्गत कागे पुगेका छन्। कागे सार्वजनिक भवनमा आयोजित सभामा उनले भने, “मलाई नेता भएर होइन आत्मियता बढाएर काम गर्नुछ। हामीले चुनावमा वचन दिए अनुसार सबै वचन पूरा गर्नेछौं। हामीले पञ्चायती राजलाई फर्काएर ल्याउनु सकेका छौं। अब पञ्चायत चुनाव हुनेछ। अधिकारीले होइन हाम्रै मान्छेले गाउँको विकास गर्नेछन्।”
पार्टीलाई दह्रिलो बनाउनमा संगठनको महत्व धेरै रहेको बताउँदै उनले भने, “हामी संगठित हुनु सङ्गठनलाई बढाउने काम गर्नुपर्छ। हाम्रो परिवार जति ठूलो हुन्छ त्यति नै राम्रो। मेरो काम पहाडलाई सही दिशामा लैजानु हो। यस कार्यमा मलाई संगठनको सहयोग चाहिन्छ, नेतृत्वको सल्लाह चाहिन्छ, जनताको माया अनि भरोसा चाहिन्छ।”
जीटीए प्रमुख कार्यपाल अनित थापा ३८ नम्बर समष्टिको २ दिवसीय भ्रमणको आज दोस्रो दिन। आज दोस्रो दिन भ्रमणको क्रममा सिक्किम र पश्चिम बंगाल सीमा क्षेत्रमा पर्ने लिङ्गसेखा ग्राम पञ्चायत अन्तर्गत धार्मिक एवंम पर्यटन स्थल मूल खर्क- फुसरेको निरीक्षण पनि गरेका छन्।
उनीसंग कालेबुङका विधायक रूदेन लेप्चा,भागोप्रमो कालेबुङ जिल्ला अध्यक्ष सी बी गुरुङ, भागोप्रमो ३८ नम्बर समष्टि अध्यक्ष एवंम सभासद कुमार शर्मा, ४० नम्बर समष्टि सभासद कमल सुब्बा अनि अन्यको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement