खरसाङ: खरसाङ महकुमा अन्तर्गत गाड़ीधुराको मरियनबारी चियाबारीमा एकजना असहायलाई भारतीयल गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिद्वारा ह्विल चेयर सहयोग प्रदान गरेका छन्। केही दिन अघि खरसाङ महकुमा समितिको पदाधिकारीहरू उक्त ठाउँ भएको समय उक्त असहाय व्यक्तिले आफुलाई ह्विल चेयर आवश्यक रहेको भनी निवेदन गरेकोले खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अगुवाईमा ह्विल चेयरको लागि पहल गरेर केवल फाउण्डेशनलाई निवेदन गरेपछि आज उक्त व्यक्तिलाई केवल फाउण्डेशनमार्फत् ह्विल चेयर प्रदान गरिएको छ। उक्त व्यक्तिलाई ह्विल चेयर प्रदान गर्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान र अन्य पदाधिकारीहरू र जीटीएको कार्यकारी सभासद कल्पना प्रधान अनि केवल फाउण्डेशनको प्रमुख केवल लगायत अन्यहरू उपस्थित रहेका थिए। यस विषयमा बोल्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले हामीले राजनीति मात्र नगरेर असहायहरूलाई पनि यसरी सहयोग गर्दै आएको र त्यसै अनुरुप आज गाडीधुरा अन्तर्गत मरियनबारीको एकजना असहायलाई ह्विल चेयर प्रदान गरिएको जानकारी गराएका छन्।
उनले यस विषयमा भने, ‘खरसाड महकुमा अन्तर्गत गाडीधुरा मरियनबारीमा गत केही दिन अघि भागोप्रमोको कर्मठ सदस्य आदिवासी युवाको आकस्मिक देहान्त भएको खबर सुनेर भागोप्रमो खरसाड महकुमा समितिको टोली श्रध्दाञ्जली अर्पण गर्न जाँदा उक्त गाउँमा एकजना शारीरीक रूपमा असहायले एउटा ह्विल चेयर सहयोग गरिदिने निवेदन गरेका थिए। महकुमाको टोलीले उक्त व्यक्तिलाई ल्याईदिने वचन दिएका थिए। त्यसै अनुरुप आज उनलाई दिएको वचन पूर्ण गरियो। यसमा केवल फन्डेसनको सहयोगमा केवल विश्व लिड्ग्या चियाबारी निवासी हुन् र उनले यस्ता धेरै सहयोगको हात बड़ाई असहायहरूमा सहयोग पुराईरहेका छन्। आज सहयोग पुर्याउन जानेहरूमा भागोप्रमो खरसाड महकुमा समितिका उपाध्यक्ष रबिन तामङ, सहसचिव विशाल शर्मा, सांगठनिक सचिव गुन्जन शर्मा, कोषाध्यक्ष सन्जय प्रधान, प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, पूरण मुखिया, अनुप रामुदामु, गाडीधुरा ब्लक कमिटि अध्यक्ष सुबास छेत्री एवं उनको टोली उपस्थित रहेका थिए।











