हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभा

IMG-20221216-WA0301.jpg

चेयरम्यान रिलिफ फण्डबाट श्रमिक कल्याण भवन निर्माणको प्रस्ताव पारित

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको पदाधिकारीहरूसित सभा सम्पन्न भएको छ। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय उपाध्यक्ष राजेन प्रधानको अध्यक्षता र खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समिति अन्तर्गत पर्ने ४३ वटा चियाबारीहरू र शाखाहरू, २८ वटा युनिट कमिटीका पदाधिकारीहरू उपस्थित रहेका थिए भने भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, महकुमाको सांगठनिक सचिव गुञ्जन शर्मा र राजीव थापा, कोषाध्यक्ष सञ्जय प्रधान लगायत अन्य पदाधिकारीहरू पनि उपस्थित रहेका थिए। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ लगायत जोनल र शाखा कमिटीका पदाधिकारीहरूले पनि सम्बोधन गरेका थिए।

त्यसरी नै सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले पनि वक्तव्य राखेका थिए। सभामा चेयरम्यान रिलिफ फण्ड विषयमा चर्चा परिचर्चा गरिएको थियो भने वक्ताहरूले रिलिफ फण्डको प्रयोग विषयमा सुझाव राख्दै फण्ड श्रमिकहरूलाई वितरण गरेको खण्डमा एकजनालाई केवल तीन सय तीन रुपियाँ मात्र पर्ने हुनाले यस चेयरम्यान रिलिफ फण्डबाट सिलगढीमा श्रमिक भवनको निर्माण गरियोस् भनी सभामा प्रस्ताव पारित गरिएको छ। आजको सभाको उक्त प्रस्ताव जीटीए चिफ् अनित थापालाई पनि पठाइने भएको छ। सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले जानकारी गराउँदै आज खरसाङको भागोप्रमो पार्टीको महकुमा कार्यालयमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा सम्पन्न भएको र सभामा सुरक्षित रहेको जीटीए रिलिफ फण्डको प्रयोग विषयमा चर्चा परिचर्चा गर्दै यसको प्रयोगको लागि सिलगढीमा श्रमिकहरूको लागि श्रमिक भवन निर्माण गरियोस् भनी वक्ताहरूले सुझाव राखिएको र त्यसै अनुरुप प्रस्ताव पनि पारित गरिएको जानकारी गराएका छन्। उनले अझ भने, अहिले पनि चेयरम्यान रिलिफ फण्ड सुरक्षित छ र यसमा जम्मा २ करोड़ १२ लाख, ५७ हजार ९ सय १३ रुपियाँ रहेको बताउँदै यो फण्डबाट चियाबारी श्रमिकहरूको लागि सिलगढीमा श्रमिक भवन निर्माण गर्नलाई प्रस्ताव पारित गरिएको र उक्त प्रस्ताव जीटीए चिफ् अनित थापा र भागोप्रमो केन्द्रीय समिति समक्ष पनि पठाउने बताएका छन्। चियाबारी श्रमिकहरूको लागि श्रमिक कल्याण भवन सिलगढीमा नै किन भनी पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले चियाबारी श्रमिकहरू उपचारको लागि सिलगढी जानु परेको खण्डमा श्रमिक कल्याण भवनमा बस्न सक्ने बताएका छन्। उनले जीटीए चेयरम्यान रिलिफ फण्डबाट श्रमिक भवन नै निर्माण गरियोस् भनी प्रस्ताव पारित गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement