वैश्य समाज टोलीकाे सिक्किमका राज्यपालसित भेट

19-27-26-gov.._665_H@@IGHT_0_W@@IDTH_600.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादसँग राजभवनमा आज वैश्य समाज, इन्दौरको महेश्वरी यात्रा समूहका ५० जनाको टोलीले शिष्टाचार भेट गरे। आफ्नो २५ औं यात्रामा निक्लेको वैश्य समाज ११ औं दिनको यात्राको क्रममा सिक्किम भ्रमणमा रहेका छन्। यस यात्राको मुख्य उद्देश्य वैश्य समाजका मानिसहरू संगठित भएर सामाजिक सौहार्दपूर्ण रूपमा सम्पूर्ण भारतको संस्कृति र परम्पराहरूबारे परिचित हुनु हो। टोलीले भारत मात्र होइन तर, विदेशहरूको पनि भ्रमण गरिरहेको छ। यस टोलीको अगुवाई ओम जी पसारीले गरिरहेको छन्।

राज्यपालले भने, वैश्य समाज सदैव जनहितका लागि अग्रसर छ र सम्पूर्ण भारतलाई एकजुट गर्ने कार्य गरिरहेको छ। उनले सबैलाई राष्ट्रको हितमा सामाजिक रूपमा संगठित भएर कार्य गर्न अनुरोध गरे। साथै उनले हामी ठाउँ- ठाउँ जान्छौ र त्यहाँको संस्कृति-परम्परासँग परिचित बन्छौ, जसले हाम्रो दृष्टिकोणमा सकारात्मक परिवर्तन आउँछ भन बताए।

About Author

Advertisement