आरपीएफ-लाई घेरेर स्थानीय मानिसहरूद्वारा विरोध प्रदर्शन

IMG_20221216_164655.jpg

सिलगढी: सिलगढी जक्शन रेलवे स्टेशन संलग्न १ नंबर वार्ड इलाकामा अवैध निर्माण भत्काउन भनी आरपीएफ आएका थिए।यसरी अचानक आएका आरपीएफ लाई देखेर स्थानीय मानिसहरूले क्षोभ प्रकट गर्दै विरोध प्रदर्शन गरे। सिलगढी जक्शन रेलवे स्टेशनको ठिक अघि रेलवेको जमीनमा अवैध निर्माण भएको खबर पाउनसाथ आरपीएफ्को टोली घटनास्थलमा पुगे। आरपीएफ टोलीलाई देखेर स्थानीय मानिसहरू लगायत तृणमूलको श्रमिक संगठन आईएनटीटीयूसी का सदस्यले क्षोभ प्रकट गर्दै अवैध निर्माण भत्काउनमा बाधा दिए। यसपछि आईएनटीटीयुसीको झण्डा बोकेर स्थानीय मानिसहरूले आरपीएफ अघि विरोध प्रदर्शन शुरू गरे। स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरेपछि आरपीएफको टोली घटनास्थलबाट फर्किएको बताइएको छ। स्थानीय मानिसहरूको आरोप अनुसार रेलवेले अग्रिम नोटिस नदिई उक्त निर्माणलाई भत्काउन आएको थियो। तथापि, रेलवेको उक्त जमीन एक वर्षको लागि लिजमा लिएको थियो। रेलवेको जमीनमा केही मानिसहरूले अधिकारीहरूलाई धुस दिएर अवैध निर्माण गरिरहेको छ। अर्कोतिर, आईएनटीटीयुसी ले आरपीएफ को भूमिकालाई लिएर प्रश्न चिन्ह खडा गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement