पाँचवटा गाई-गोरु तस्करी गर्न अघि नै उद्धार

IMG-20221216-WA0242.jpg

फाँसीदेवा: फाँसीदेवा थाना पुलिसले एउटा पिकअप भ्यानबाट धानको बोराको आडमा गाई-गोरु तस्करी गर्ने प्रयास गरिरहेको समय पाँचवटा गाई-गोरु उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा फाँसीदेवा थाना पुलिसले फाँसीदेवाको घोषपुकुर फुलबारी बाइपास राष्ट्रिय राजमार्गको गोयालटुली मोड इलाकामा एउटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा धानको बोराको आडमा तस्करी गर्ने उद्देश्यले लगिरहेको ५ वटा गाई-गोरु उद्धार गरे तापनि तस्कहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार बिहारबाट बङ्ग्लादेशमा तस्करी गर्ने उद्देश्यले उक्त गाई-गोरु लगिरहेको थियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement