तृणमूल अध्यक्ष पापिया घोषले पीडित परिवारलाई भेटे
सिलगढी: भारतीय जनता पार्टीले सिलगढीको चम्पासरीमा एक नाबालिगको कुहिएको शव भेटिएको विषयमा राजनीति गरिरहेको छ। यो पार्टीले अपराधीलाई सहयोग गरिरहेको दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष पापिया घोषले बिहीबार नाबालकको घरमा गएर यस्तो आरोप लगाएकी हुन्। बिहीबार उनी पीडित परिवारको घर पुगेर परिवारका सदस्यसँग कुरा गरिन्। तिनले परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिए। साथै उनले दोषीलाई कारबाही गर्ने व्यवस्था प्रशासनले गर्ने बताए। स्मरण रहोस्, आठ दिनदेखि बेपत्ता भएकी एक छात्राको हालै सुकनाको जङ्गलबाट कुहिएको अवस्थामा शव फेला परेको थियो। उनी बेपत्ता भएको दिनको सीसीटीभी फुटेजमा केटी आफ्नो एक छिमेकीसँग बाइकमा जाँदै गरेको देखाउँछ। त्यसयता आफन्तले सीबीआई जाँचको माग गर्दै आएका छन्। परिवारलाई भेटेर पपिया घोषले माटिगरा नक्सलबारीका विधायकले यस विषयमा राजनीति गरिरहेको बताइन्। नाबालिग बेपत्ता भएको विषयमा विधायकले किन तत्काल कारबाही गरेनन्? यो प्रश्न पनि उनले उठाएका छन्।









