सिलगढीमा जाडोको प्रतीक्षा गर्दै भुटिया बजारका व्यापारीहरु

IMG_20221215_145556.jpg

सिलगढी: व्यापारीहरू टाढा-टाढाबाट न्यानो कपडा लिएर बसेका छन्, तर जाडो उस्तो नबढेपछि बिक्री जम्न सकेको छैन। जसका कारण उनीहरु चिन्तित छन्। तर, आउँदो दिनमा जाडो बढे व्यापार पनि राम्रो हुनेबारेमा उनीहरु आशावादी छन्।
पहाडी क्षेत्रका व्यापारीहरूले हरेक वर्ष सिलगढीको भुटिया बजारमा आफ्नो हातले बनाएको न्यानो लुगा ल्याउँछन्। पछिल्लो दुई वर्षमा कोरोना भाइरसका कारण व्यवसायले खासै चल्न सकेको छैन।

यस वर्ष दिसम्बरको अन्त्यसम्म पनि जाडो कम भएको हुनाले न्यानो लुगाका व्यापारीहरु जाडो बढ्ने र सबै सामान्य हुने आशामा छन्। चिसो मौसम पुरै नआए पनि धेरै बिक्री भइरहेको केही व्यापारीले बताएका छन्। सिलगढीमा जाडो बढ्ने र बिक्री पनि राम्रो हुनेमा उनी ढुक्क छन्। २ सयदेखि १२ सय रुपियाँसम्म न्यानो लुगा उपलब्ध हुने एक महिला व्यवसायीले बताइन्।

About Author

Advertisement