असमको प्रतीक ‘फूलाम गमोछा’लाई भारत सरकारद्वारा जीआई ट्याग प्रदान

360_F_355739972_5h11KVKEBMjGjkTGR9D6uO4FVHMdJAcE.webp

गुवाहाटी: असम सरकारको जल संसाधन, सूचना एवं जनसम्पर्क. संसदीय कार्य मामिलाका मन्त्री पियुष हजारिकाले बताएअनुसार आज असमको लागि गौरवशाली क्षण हो। ‘हाम्रो असमिया संस्कृति र परम्पराको प्रिय प्रतीक ‘फूलाम गमोछा’लाई भारत सरकारले भौगोलिक संकेत ट्याग (जीआई ट्याग) प्रदान गरेको छ’, उनले भने। हजारिकाले सामाजिक सञ्जालमा एक पोस्ट ट्वीट गर्दै भनेका छन्, ‘आज हामी सबैका लागि गर्वको क्षण हो र असमलाई यो सम्मान दिनु भएकोमा हामी प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो आभार व्यक्त गर्दछौं।’ असमिया गमोछाले जीआई ट्याग पाएपछि राज्यभर खुशीको लहर छाएको छ। राज्यका विभिन्न भागहरूमा विशेषगरी बुनकर समाजमा यसको बारेमा धेरै उत्साह छ। यो खबर पाएपछि धेरै क्षेत्रका महिला बुनकरहरूले नाचगान गर्दै खुशी व्यक्त गरेका छन्।

उल्लेखनीय छ, आज असमिया फूलाम गमोछा देशमा मात्र होइन अन्य देशहरूमा पनि प्रसिद्ध छ। यो ख्याति र सम्मान प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई दिएपछि देशैभरि यसको लागि अपार लगाव बढेको हो। यही कारणले गर्दा स्थानीय बुनकरहरूको आह्वानमा राज्य सरकारले पनि नक्कली गमोछाका सम्बन्धमा कडा कानुन बनाएको छ जसबाट स्थानीय बुनकरहरूले आफ्नो सीप र मेहनतको उचित मूल्य पाउन सकून् भन्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement