जिल्ला अस्पतालको कमजोर स्वास्थ्य सेवा सुधारको माग गर्दै कङ्ग्रेस नेताहरूकाे अनशन सुरु

IMG_20221214_193715.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्ला अस्पतालमा दलालराज बन्द गर्न, जिल्ला अस्पतालमा चिकित्सा सेवा पुनःस्थापना, जिल्ला अस्पतालका सबै विभागमा डाक्टर नियुक्तिलगायत १२ वटा मागमा युवा कङ्ग्रेसका नेताहरूले बुधबारदेखि रिले अनशन सुरु गरेका छन्। अलिपुरद्वार चौपाटीमा बुधबार बिहान ११ बजेदेखि जिल्ला युवा कङ्ग्रेसका नेताहरू रिले अनशनमा बसेका थिए। कङ्ग्रेसको रिले अनशन तीन दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म जारी रहनेछ। अनशनमा बसेका कङ्ग्रेस नेताहरूले जिल्ला अस्पतालको सुधारको माग राख्दै आन्दोलन जारी राख्ने बताएका छन्।

About Author

Advertisement