जीटीए चिफ् अनित थापाले खरसाङ गिध्द पहाड़ समष्टि छोड्ने

IMG-20221214-WA0312.jpg

चुनावमा पेमेन्द्र गुरुङ हुने भागोप्रमोको प्रार्थी

खरसाङ: जीटीए चिफ् अनित थापाले आफ्नो दुईवटा समष्टिहरूमा खरसाङ गिध्द पहाड़ समष्टिलाई छोड्ने भएको छ। उनी सभासदको रूपमा सिटोङ लाठपञ्जार समष्टीमा नै रहने र खरसाङ गिध्द पहाड़ समष्टिको लागि चुनाव गराउने पक्षमा रहेका छ। यसको लागि जीटीए चिफ् अनित थापाले आज खरसाङको गौरी शंकर चियाबारी सम्पन्न पानीको शिलान्यास कार्यक्रममा उक्त घोषणा गरेका छन्। जीटीए चिफ् अनित थापाले आफ्नो सम्बोधनको क्रममा नियमलाई पालन गर्दै आफ्नो दुईवटा समष्टीहरूमा सिटोङ लाठपञ्जार समष्टीमा सभासदको रूपमा बस्ने अनि खरसाङ गिध्द पहाड़ समष्टिमा चाढ़ै चुनाव गराउने घोषणा गरेका छन्। खरसाङ गिध्द पहाड़ समष्टिमा रिक्त रहने सभासदको पदको चुनावको लागि अनित थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ गिध्द पहाड़ समष्टिको सभापति एंव युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङलाई सभासद चुनावको लागि उठाउने घोषणा पनि गरेका छन्। अनित थापाले आफ्नो सम्बोधनमा भने, “खरसाङ बजार र गिध्द पहाड़ नजिकै छ त्यसैले म सिटोङ लाठपञ्जार समष्टीको सभासदको रूपमा बस्छु अनि खरसाङ गिध्द पहाड़ समष्टि छोड्नेछु तर मैले नियम मात्रै पालन गरेको हो तपाईबरूलाई छोडेको होइन। यहाँ चुनाव हुनेछ अनि सभासदको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा पेमेन्द्र गुरुङको नाम घोषणा गर्दछु।”
थापाले अघि भने पेमेन्द्र गुरुङले अहिलेसम्म गरेको काम हेरेर जित्छ साथै निर्विरोध हुनेछ भनी आशा छ।”
मञ्चबाट जीटीए चिफ् अनित थापाले पेमेन्द्र गुरुङको नाम लिनसाथ सभासदहरू, पार्टीका पदाधिकारीहरू र कार्यकर्ताहरूले पेमेन्द्र गुरुङलाई खदा लगाएर स्वागत जनाएका छन्। पेमेन्द्र गुरुङ स्वयं पनि जीटीए चिफ् अनित थापाले आफ्नो नाम घोषणा गरेपछि निक्कै खुशी देखिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement