पाघालु पाड़ा युवक संघको आयोजनमा २४ र २५ दिसम्बरमा दुईदिने डे-नाइट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। जलपाइगढ़ी स्थित स्वर्गीय चन्द्रनाथ रोय मैदान (पाघालु पाड़ा, साहुडांगी हाट)-मा हुने यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,३०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १,००,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क १५,००० रुपियाँ तोकिएको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति १५ दिसम्बर रहेको छ।