वर्ल्ड कपको फाइनलमा पुगेर सन्न्यासको संकेत दिए मेस्सीले

IMG-20221214-WA0135.jpg

फूटबलका महानतम् खेलाड़ीहरूमा एक अर्जेण्टिनाका कप्तान लियोनल मेस्सीले खेलबाट सन्न्यासको संकेत दिएका छन्। क्रोएशिया विरुद्ध सेमिफाइनलमा जीत हासिल गरेपछि मेस्सीले फ्रान्स या मोरक्को विरुद्ध आइतवार हुने फाइनल म्याच उनको फीफा वर्ल्ड कपमा अन्तिम म्याच हुने बताए। मेस्सीको अगुवाईमा अर्जेण्टिनाले वर्ल्ड कपको सेमिफाइनलमा क्रोएशिया विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। अब आइतवार उनले आफ्नो १७२औं अन्तर्राष्ट्रिय म्याच खेल्नेछन्। मेस्सी अहिले १९८६ पछि देशलाई पहिलो वर्ल्ड कप खिताब दिलाउने प्रयासमा जुटेका छन्। फाइनलमा स्थान पक्का गरेपछि मेस्सीले भने, यहाँसम्म पुगेपछि अहिले म धेरै सुखद अनुभव गरिरहेको छु। फाइनलमा म आफ्नो अन्तिम म्याच खेलेर वर्ल्ड कप यात्रा समाप्त गर्नेछु। आउँदो वर्ल्ड कपमा धेरै समय रहेको छ। यसैकारण म फेरि यस्तो गर्न सक्नेछु यस्तो मलाई लाग्दैन। यसरी यात्रा समाप्त गर्नु सबैभन्दा राम्रो हो।
पेरिस सेण्ट जर्मेन (पीएसजी)-का ३५ वर्षीय स्ट्राईकर मेस्सीले डिएगो म्याराडोना र जेवियर माशेरानो (४-४ वटा वर्ल्ड कप)-को पछि छोड़्दै फीफा वर्ल्ड कपमा पाँचौंपल्ट हिस्सा लिइरहेका छन्। यसरी नै कतरमा आफ्नो पाँचौं गोल गरेपछि उनले गेब्रियल बातिस्तुताको वर्ल्ड कपमा सर्वाधिक गोल गर्ने अर्जेण्टिनाई रेकर्ड पनि तोड़े। मेस्सीले वर्ल्ड कपमा अहिलेसम्म ११ गोल गरेका छन्। बातिस्तुताको नाममा १० गोल रहेको छ। मेस्सीले भने, यो सब (रेकर्ड) ठीक छ तर टीमलाई लक्ष्य हासिल गर्ने सक्षम बनाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कठोर मेहनतपछि अहिले हामी वर्ल्ड च्याम्पियन बन्नदेखि केवल एक जीत टाढ़ा रहेका छौं। यसपाली हामी ट्रफी जित्न तयार छौं।

About Author

Advertisement