खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत रहेको शिवखोलास्थित आईएनए मेमोरियल माध्यमिक विद्यालयका छजना विद्यार्थीहरू राजस्थानको जोधपुरमा भईरहेको भारत स्काउण्ट एण्ड गाइडको नेशनल ज्यामबुरी कार्यक्रममा भाग लिन जाने भएको छ। आगामी ४ जनवरीदेखि १० जनवरीसम्म सम्पन्न हुने नेशनल लेवलको भारत स्काउण्ट एण्ड गाइडको ज्यामबुरी कार्यक्रममा खरसाङ क्षेत्रबाट केवल शिवखोलामा अवस्थित आईएनए मेमोरियल माध्यमिक विद्यालयका छजना नानीहरूले मात्र भाग लिने भएको छ। भारत स्काउण्ट एण्ड गाइडको नेशनल ज्यामबुरीमा भाग लिन जानलाई आर्थिक रूपमा निक्कै असमर्थ हुने भएकोले उक्त कार्यक्रममा भाग लिन जानलाई आईएनए मेमोरियल माध्यमिक विद्यालयका छजना विद्यार्थीहरूलाई जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापाले आर्थिक सहयोग गरेका छन्। उक्त कार्यक्रममा भाग लिन जानलाई जीटीए चिफ् अनित थापाले आर्थिक रूपमा सहयोग गरेका छन्। जीटीए चिफ् अनित थापाले पठाएको सहयोग तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आज शिवखोलास्थित आईएनए मेमोरियल स्कूलमा पुगेर प्रधान अध्यापिका रुथरानी राईलाई सुम्पेका छन्। उक्त सहयोग प्रदान गर्न अघि स्कूलमा एक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई शिक्षक युवराज सुन्दासले सञ्चालन गरेका थिए भने प्रधान अध्यापिका रूथरानी राईले स्वागत भाषण राखेका थिए। कार्यक्रममा क्षेत्रीय सभासद नवराज छेत्रीले सम्बोधन गर्दै जीटीए चिफ् अनित थापाले पठाएको सहयोग प्रदान गर्न आएको बताएका छन्। उनले तीनधारे महानदी समष्टिको सभासद भएको नातामा मैले शिवखोलाको आईएनए मेमोरियल माध्यमिक विद्यालयका छजना विद्यार्थीहरू राजस्थान जाने कुरा सुनेर खुशी लागेको अनि विद्यार्थीहरूलाई जानलाई आर्थिक रूपमा कठिनाई भईरहेको कुरा चाल पाएर जीटीए चिफ् अनित थापासित कुरा गरेको थिए र उनले सहर्ष सहयोग गर्न तयार रहेको र जीटीए चिफ् अनित थापाले पठाएको सहयोग लिएर आएको बताएका छन्। त्यसरी नै भारत स्काउण्ट एण्ड गाइडको ज्यामबुरी कार्यक्रम विषयमा शिक्षक दावा छिरिङ लामाले जानकारी गराउँदै खरसाङ क्षेत्रबाट स्कूलले लगातार रूपमा भाग सक्रिय रूपमा भाग लिईरहेको कारणले यसपाली नेशनल रूपमा राजस्थानको जोधपुरमा आगामी ४ देखि १० जनवरीसम्म सम्पन्न भईरहेको भारत स्काउण्ट एण्ड गाइडको ज्यामबुरी कार्यक्रममा हाम्रो स्कूलको छजना नानीहरू र दुईजना शिक्षकहरू जाने भएको बताएका थिए। उनले स्कूलका छजना विद्यार्थीहरू र दुईजना शिक्षकहरू आगामी ४ जनवरीदेखि १० जनवरीसम्म राजस्थानको जोधपुरमा हुने कार्यक्रममा भाग लिन आगामी ३० दिसम्बरको दिन यहाँबाट प्रस्थान हुने भएको पनि जानकारी गराएका छन्। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद नवराज छेत्री र सह शिक्षक युवराज सुन्दासले विस्तृत रुपमा जानकारी गराएका छन्।









