दिलाराम युनाइटेड क्लबद्वारा आयोजित नगदराशि फुटबल टुर्नामेन्टको उपाधि पाख्रिन गाउँ चैतेपानीको झोलीमा

IMG_20221212_194302.jpg

खकसाङ महकुमाको टुंग-सन्तमेरिज समष्टि अन्तर्गत दिलाराम युनाइटेड क्लबद्वारा खेलाइएको लाते भकुण्डो खेलको अन्तिम निर्णायक खेलमा दिलाराम युनाइटेड क्लब बनाम पाखरिङ गाउँ(चैतेपानी) माझ खेल सम्पन्न भयो। स्थानीय दिलाराम खेल मैदानमा सम्पन्न यस रोमाञ्चक एवं निर्याणक खेलमा पाखरिङ गाउँ (चैतेपानी)-ले दिलाराम युनाइटेड क्लबलाई १ गोलको विरुद्ध 4 गोल गरी विजय बन्न सक्षम बनेका छन्। यस खेलमा विजय बन्ने दल पाखरिङ गाउँ (चैतेपानी) लाई नगदराशि रु साट्ठी हजार अनि उप-विजेता दल दिलाराम युनाइटेड क्लबलाई नगद् राशि रु तीस हजार प्रदान गरियो। दिलाराम चिया बगान खेल मैदानमा सम्पन्न खेलमा टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने सन्त जेभियर्स उच्च माध्यमिक विद्यालय दिलारामका शिक्षक प्रभारी अनिल शर्मा विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। भागोप्रमो टुङ-सन्तमेरिज समष्टिका युवा शक्ति सभापति उर्गेन घिसिङ, सचिव दिपेश तामङ, अनुजकान्त प्रधान, फुर्बा रुम्बा, वसन्त कुलुङ राई लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

Advertisement