पश्चिम बङ्गाल: नयाँ कम्पनीको साथमा आजदेखि खोलियो रंगमुक सिडर्स चियाबारी

IMG-20221212-WA0312.jpg

चियाबारी श्रमिकहरूको लागि हामी कुनै हदसम्म पनि जान तयार छौं: जेबी तामाङ

सोनादा: आजदेखि रङ्गमुक सिडर्स चियाबारी विधिपूर्वक पुनः सञ्चालन गरिएको छ। डिओटी अधीनस्थ रहेको दसवटा बगानहरूमध्ये चारवटा रङ्गमुक सिडर्स, आलुबारी, रागेरुङ लगायत पान्दम चियाबारी श्री श्री नारायणी एन्ड कम्पनीलाई हस्तान्तरण गरिएको छ। आज फ्याँक्ट्रीमा पूजा अर्चना गरेर विधिवत रूपमा शुरु भएको छ उक्त कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान राजेश चौहान, हिल तराइ डुवर्स प्लान्टेशन वर्कर्स युनियनका अध्यक्ष जेबी तामाङ लगायत पाँचवटा डिभिजनका प्रतिनिधिहरू उपस्थित थिए। आजदेखि रंगमुक सिडर्स चियाबारी खोलिएको विषयमा पत्रकारहरूसित कुराकानी भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय अध्यक्ष जेबी तामाङले चियाबारी खोलिएको समय बिहान श्रनिकहरूलाई सम्बोधन गर्दै चियाबारी श्रमिकहरूको लागि हामी कुनै पनि हदसम्म जान तयार छौं भनी बताएका छन् । तामाङले भने, ‘कुनै पनि बगानमा मालिकले खर्च दिएन, पीएफ दिएन, ग्राजुएटी दिएन भने सरकारले पनि बुझ्नुपर्छ, सरकारले यसको जिम्मेवारी लिनुुपर्छ र हामी यस विषयमा टेबलमा आएर चर्चा परिचर्चा गर्न चाहान्छौं। तर मिडियामा मात्र बोलेर केही हुँदैन।’ हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय अध्यक्ष जेबी तामाङले अझ भने, ‘अस्तीको दिन सम्झौता भएको छ र हिज खर्चको पहिलो किस्ता पाउनु भयो होला र अब दोस्रो किस्ता २५दिसम्बर अघि अनि अर्को किस्ता १० जनवरी अघि पाउनेछन्। त्यसपछि हामी सभा बोलाएर श्रमिकहरूको ग्राजुएटी विषयमा पहल शुरु गर्नेछौं।’

त्यसरी नै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको रंगमुक सिडर्स शाखाको प्रतिनिधिहरूले पत्रकारहरूसित कुराकानी गर्दै नयाँ कम्पनीलाई हामी स्वागत गर्छौं र बगान राम्रोसित चलाउन सक्छ भने हामी समर्थन गर्छौं तर नयाँ कम्पनीले पनि पुरानो कम्पनीले जस्तै खर्च र श्रमिकहरूले पाउने सहुलियतहरू दिन्दैन र शोषण गर्छ भने हामी विरोध गर्न तयार छौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement