दार्जीलिङ: तकलिङ पेशोक समष्टिमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन गरिएको छ। तकलिङ पेशोक समष्टिमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा किरण राईको अध्यक्षतामा सम्पन्न भयो।आयोजित सभामा तकलिङ पेशोक समष्टि अन्तर्गत शाखा प्रशाखाहरूका नेतृत्वहरूको उपस्थिति रहेको थियो। आयोजित सभामा पूरानो कमिटिलाई विघटन गरेर नयाँ कमिटिको गठन गरियो जसमा सर्वसहमति अनुरूप ध्रुब तामाङलाई अध्यक्ष चयन गरियो।त्यसरी नै सचिव दिनेश सुब्बालाई चयन गरिएको छ। त्यसै गरी सल्लाकारहरूमा सन्तोष गुरूङ,रूपक तामाङ,उद्रश् तामाङ,नगेन गुरूङ,डम्बर छेत्री,गोपाल छेत्री,गणेश छेत्री,रन्जना छेत्री,उर्गेन तामाङ,प्रितिका छेत्रीलाई चयन गरिएको छ। आजको सभाले चिया श्रमिकहरूको पक्षमा काम गर्ने संकल्प लिएको जानकारी प्राप्त भएको छ।










