पश्चिम बङ्गाल: हिमाचल प्रदेशमा कांग्रेस सरकार बनेपछि सिलगढीमा कांग्रेसकाे उत्सव

IMG_20221212_153612.jpg

सिलगढी: सिलगढीमा कांग्रेस कार्यकर्ताहरूले हिमाचल प्रदेशमा कांग्रेसको सरकार गठनको ठूलो विजयको साथ उत्सव मनाए। यस अवसरमा सोमबार दिउँसो सिलगढीको कांग्रेस पार्टी कार्यालय विधान भवनबाट विजयी जुलुस निकालिएको थियो। दार्जिलिङ जिल्ला कांग्रेस द्वारा आयोजित विजययात्रामा जिल्ला कांग्रेस अध्यक्ष शंकर मालाकार, सिलगढी विधानसभा युवा कांग्रेस अध्यक्ष रोहित तिवारी र धेरै वरिष्ठ कांग्रेस नेता र कार्यकर्ताहरू उपस्थित थिए। विजययात्रा सिलगढीको हाश्मिचकबाट सुरु भई सिलगढीको हिलकार्ट रोड परिक्रमा गरी विधान भवनमा समापन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement